दर्शन कल्याण ठकुरी युवा समाज रुपन्देहीकाे रक्तदान

नागरिक आवाज/बुटवल,मंसिर २२ । 

दर्शन कल्याण ठकुरी युवा समाज रुपन्देहीले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । 

समाजिक क्षेत्रमा पनि योगदान पुर्याउने क्लवको उद्धेश्य अनुरुप कार्यक्रम गरिएको समाजका अध्यक्ष समुद्र सिंह ठकुरीले बताउनुभयो ।

तिलोत्तमामा रहेको दर्शन कल्याण ठकुरी युवा समाजको भवनमा भएको रक्तदान कार्यक्रममा ५१ युनिट रगत संकलन भएको थियो ।

क्लवले पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको र अब हरेक बर्ष नियमित रुपमा कार्यक्रम संचालन गर्ने कार्यक्रम संयोजक तथा सचिब असिम खांणले बताउनुभयो ।

सो कार्यक्रममा रेडक्रस सोसाइटी भैरहवाले प्राबिधिक सहयोग पुर्याएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

नेपाली प्रोफाइलमा खाता किन?

समाचार संग्रह गर्न तथा संग्रहित समाचार पढ्न सक्नुहुनेछ ।

नेपाली प्रोफाइलमा आफ्ना लेख प्रकाशित गर्न सक्नुहुनेछ ।

तपाईंको रुची अनुसारको समाचार पढ्न सक्नुहुनेछ ।

%d bloggers like this: