‘कोरोनापछिको अर्थतन्त्रलाई उकास्न योजना र रणनीति आवश्यक’

काठमाडौँ, १६ वैशाख (रासस) :अर्थशास्त्री तथा योजनाविद्ले कोरोना भाइरसको विश्वव्यापी महामारीले नेपालको अर्थतन्त्रलाई परिरहेको र पार्ने समग्र असरको पूर्वानुमान एवं कोरोनापछिको मुलुकको अर्थतन्त्रलाई उकास्न समयमै योजना र रणनीति तय गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको निमन्त्रणामा आज पार्टी केन्द्रीय कार्यालयमा पार्टीका पदाधिकारी, पूर्वअर्थमन्त्री एवं अर्थशास्त्रीहरुबीच भएको विशेष अन्तरक्रियामा उहाँहरुले सो धारणा व्यक्त गर्नुभएको हो । साथै लकडाउनका कारण नेपाली जनताले कष्टकर स्थिति भोगिरहेका बेला अनिवार्य राहत उपलब्ध गराउन जरुरी व्यक्ति, वर्ग र क्षेत्रलाई पर्याप्त राहत दिन राज्यले चाल्नुपर्ने कदमका विषयमा छलफल केन्द्रित रहेको काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकमा सभापति देउवा, पार्टीका नेताहरु रामचन्द्र पौडेल, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, डा शशाङ्क कोइराला, पूर्णबहादुर खड्का, डा प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, डा रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, डा मीनेन्द्र रिजाल,
विश्वप्रकाश शर्मा, उदयशम्शेर राणा र अर्थशास्त्रीहरु डा पृथ्वीराज लिगल, डा शङ्कर शर्मा, डा जगदीशचन्द्र पोखरेल, डा गोविन्द पोखरेल, डा स्वर्णिम वाग्ले, डा अच्युत वाग्ले, डा पोषराज पाण्डे, प्रभु बुढाथोकी, डा विश्व पौडेल र राजु नेपालको उपस्थिति थियो ।

रासस

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…