फेदीखोला गाउँपालिकामा अनलाइन प्रणालीबाट कक्षा ८ को नतिजा प्रकाशित

स्याङ्जा । फेदीखोला गाउँपालिकाले अनलाइन प्रणालीबाट परीक्षाफल सार्वजनिक गरेको छ । गाउँपालिकाद्वारा सञ्चालित आधारभूत तह गाउँपालिका स्तरीय कक्षा–८ को परीक्षाफल अनलाइन प्रणालीबाट सार्वजनिक गरेको हो ।

गाउँपालिकाको परीक्षा समितिको वैशाख १४ गतेको बसेको निर्णयले नतिजा प्रकाशन अनलाईन माध्यमबाट गर्ने निर्णय गरेको थियो । गत फागुन २७ देखि चैत ५ गते सम्म सञ्चालित परीक्षाफलको नतिजा कोरोना संक्रमण पछि गरिएको लकडाउनले रोकिएको थियो ।

नतिजाका लागि गाउँपालिकाले ‘नतिजा व्यवस्थापन प्रणाली’ अर्थात सफ्टवयरको विकास गरिएको छ । नतिजाका लागि www.phedikholamun.gov.np/ble_result/ र http://120.89.109.221:802/ble_result/ लग इन गरी विद्यार्थीको सिम्बोल नम्बर जन्ममिति इन्ट्री गरेर लाब्धाङ्क पत्र हेर्न सकिन्छ ।

फेदीखोला गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले सामुदायिक विद्यालय तर्फ नेपालमै आफूहरुले गरेको अभ्यास पहिलो भएको दावी गरे । उनले भने, ‘डिजिटल अभ्यासको निरन्तरता स्वरुप नतिजालाई अनलाइन प्रणालीमा सार्वजनिक गरेका हौं ।’

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…