लकडाउनमा रगत अभाव रोक्न गरिएको रक्तदानमा १७१ यूनिट रगत संकलन

स्याङ्जा । वालिङमा आयोजित रक्तदान कार्यक्रममा १७१ यूनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटी वालिङ नगरपालिका स्थित उपशाखाहरुद्वारा आयोजित रक्तदान शिविर सम्पन्न भएको हो । कार्यक्रमलाई करिब डेढ दर्जन संघ–संस्थाहरुले सहयोग गरेका थिए ।

रक्तदान शिविरमा १ सय ५१ पुरुष र २० महिला गरी कूल १ सय ७१ जनाले रक्तदान गरेका थिए । संकलित रगत यूनिट अहिले सम्म जिल्लाकै उच्च रहेको रोटरी क्लब अफ वालिङका अध्यक्ष राजेन्द्र डुम्रेले बताए ।

लकडाउन अवधिमा रगतको अभाव हुन नदिन शिविरको आयोजना गरिएको रक्तदान कार्यक्रमका संयोजक विष्णुप्रताप खाँणले बताए । उनले भने, ‘रगतदान जीवनदान हो । सबै नागरिकका लागि रगत संकलन गरेका हौं ।’

कार्यक्रम वालिङ नगरपालिकाको प्रङ्गणमा गरिएको थियो । लकडाउनको अवधिमा रगत अभाव भएर कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रमको मुख्य लक्ष्य रहेको वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

रक्तदान शिविरमा नेपाल रेडक्रस सोसाईटी, कास्की क्षेत्रीय रक्त सञ्चार सेवा, पोखराका प्राविधिकहरुले ब्यक्तिगत सुरक्षा सामग्री (पिपिई) लगाएर रगत संकलन गरेका थिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…