कोरोनापछि नेपाल–भारत पर्यटन प्रवर्द्धनको पूर्वतयारी हुँदै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथामपछि नेपाल–भारत पर्यटन प्रवर्द्धनका लागि नेपाल पर्यटन बोर्डले पूर्वतयारी शुरु गरेको छ ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीको संयोजकत्वमा शुक्रबार भारतका पर्यटनसँग सम्बन्धित संघ–संस्थाका प्रमुखहरुसँग यस विषयमा भिडियो कन्फेरेन्समार्फत छलफल भएको छ ।

कोभिड–१९ को जोखिम हटेपछिका दिनमा भारतीय पर्यटकहरुलाई नेपाल भ्रमणमा आकर्षित गर्नका लागि आवश्यक विविध अभियानलाई प्राथमिकता दिने योजना गरिएको जनाइएको छ ।

कोरोना महामारीको संकटबाट हालसम्म शून्य मृत्युको अवस्थाले आगामी दिनमा नेपाली पर्यटनले भारतीय बजारहरुमा छुट्टै स्थान बनाउने र नेपालप्रतिको विश्वास अझ बढाउने भारतीय पर्यटन उद्योगसम्बद्ध अधिकारीले छलफलका क्रममा बताएका छन् । छलफलमा सहभागी भारतीय पर्यटन क्षेत्रका उच्च पदाधिकारीहरुले सामाजिक दूरी र सुरक्षाका विषयमा बढी सचेत हुन सुझाव दिएको विज्ञप्तिमा उल्लेख छ ।

बोर्डले वर्तमान संकटको समयमा नेपालमा भएका भारतीय पर्यटकहरुलाई स्वदेश फर्काउने काम, नेपाली पर्यटन उद्योगको क्षति विवरणका लागि गरिएको सर्वेक्षण, सरकारसँग राहत प्याकेजका लागि गरिरहेको पहल, हाइजिन स्यानिटेशन, हिल–स्टेशन गन्तव्यहरु लगायतका विषयमा छलफल भएको रेग्मीले जानकारी दिए ।

‘नेपाली र भारतीय ट्राभल उद्योगले एकआपसमा समन्वय गरी भारतीय पर्यटकलाई नेपाल भ्रमणका लागि नयाँ आत्मविश्वास प्रदान गर्ने योजना रहेको छ,’ उनले भने ।

दुईपक्षीय पर्यटन बजारीकरण र प्रवद्र्धन कार्यमा नेपाली र भारतीय समकक्षीहरुको संयुक्त प्रयासका लागि भारतीय पर्यटन संघ–संस्थाहरुले आफ्ना सदस्यहरुलाई सक्रिय गराउने प्रतिबद्धता जनाएको बोर्डले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, पर्यटन बोर्डले भारतीय अधिकारीहरुसँग नेपाल–भारत पर्यटन टास्कफोर्स समिति बनाउन पनि प्रस्ताव गरेको छ । यो प्रस्तावलाई आगामी दिनका छलफलबाट टुङ्ग्याउने सहमति भएको रेग्मीले जानकारी दिए ।

आगामी दिनमा भारतीय समकक्षीहरुसँगको छलफललाई तीव्रता दिने र संयुक्त रुपमा वेबिनारमार्फत गन्तव्य प्रवर्द्धन गर्ने निर्णय भएको बोर्डले जनाएको छ ।

छलफलमा ज्योति मयल, पीपी खिन्ना, क्याप्टेन स्वदेश कुमार, प्रदीप लुल्ला, महेन्द्र भखारिया, सञ्जित जैन लगायत भारतका विभिन्न पर्यटकीय संघसंस्थामा आवद्ध उच्च पदाधिकारीको सहभागिता रहेको थियो ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…