गल्याङ नगरपालिकामा क्वारेन्टाइनमा बस्नेको संख्या १२५ पुग्यो

गल्याङ । स्याङ्जाको गल्याङ नगरपालिकामा सामुदायिक क्वारेन्टाइनमा बस्नेको संख्या एक सय २५ पुगेको छ ।
नेपालका विभिन्न ठाउँबाट आएका ९४ जना पुरुष र ३१ जना महिला गरी एक सय २५ जनालाई गल्याङ नगरपालिकाले १४ दिनका लागि क्वारेन्टाइनमा राखेको छ ।

धनकुटाबाट आएका ४ जना, बुटवलबाट आएका ४ जना र पोखराबाट आएका ४ जना क्वारेन्टाइनमा बस्नेहरु थपिएका छन् । मंगलबार राती र बुधबार राती आएका उनीहरुलाई गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।
उनीहरुसँगै बहुमुखी क्याम्पसमा मात्रै क्वारेन्टाइनमा बस्नेहरुको संख्या ९८ पुगेको छ ।

सबैभन्दा धेरै बारा जिल्लाको डाबर नेपालमा कार्यरत गल्याङ नगरपालिकाका विभिन्न वडाका ७९ जना स्थानीयहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
यस्तै, काठमाडौं, बुटवल, म्याग्दी, चितवन, दुम्की तथा चापाकोट र पोखराबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
गल्याङ नगरपालिका–३ मा रहेको गल्याङ बहुमुखी क्याम्पस बाहेक वडा नम्बर सातको ज्योति आधारभूत विद्यालयमा ११ जना र खोलाखर्क आधारभूत विद्यालयमा आठ जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

यसैगरी, वडा नम्बर–२ गुठीमा रहेको आमा समूहको भवन, गल्याङ नगरपालिका–८ मा रहेको कृष्ण अर्यालको खाली घर, वडा नम्बर छ मा रहेको नरोदय मावि र वडा नम्बर चारको शिशुकल्याण माविमा दुई–दुई जनाका दरले क्वारेन्टाइनमा राखिएको छ ।
गल्याङ नगरपालिका–१० बाहेक अन्य वडाबाट आएकाहरु क्वारेन्टाइनमा बसेका छन् ।

पाल्पाको रामपुर नगरपालिका वडा नम्बर–१० का पनि क्वारेन्टाइनमा राखिएको छ ।
क्वारेन्टाइनमा बस्नेहरुलाई खाना बस्नको राम्रो व्यवस्था गरिएको नगरप्रमुख भुपराज अधिकारीले बताए । क्वारेन्टाइनमा बस्नेहरुका लागि पकाउने भान्छेको व्यवस्था गरि खाना, खाजाको राम्रो व्यवस्था गरिएको उनले बताए । नगरप्रमुख अधिकारीले भने, ‘१४ दिन क्वारेन्टाइनको बसाईका क्रममा उहाँहरुमा कुनै कमी नहोस् भन्नेमा हामी सचेत छौं ।’

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…