कालीगण्डकी गाउँपालिकामा पीपीई हस्तान्तरण

दृष्टिलाइभ संवाददाता, स्याङजा । कालीगण्डकी गाउँपालिकालाई व्यक्तिग सुरक्षा सामग्री (पीपीई) हस्तातन्तरण गरिएको छ । कालीगण्डकी गाउँपालिकाका सरकारी अस्पतालमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी तथा एम्बुलेन्स चालकका लागि गाउँ सेवा परिवार विर्घाले सामग्री हस्तान्तरण गरिएको हो ।
कोरोना संक्रमण नियन्त्रका लागि पहिलो पंक्तिमा रहेर खटिनेहरुका विशेष सुरक्षाका लागि पीपीई हस्तान्तरण गरिएको गाउँ सेवा परिवार विर्घाका महासचिव राजेन्द्र पाण्डेले बताए । । पाण्डेका अनुसार २० थान पीपीई, थर्मोगन, सर्जिकल मास्क, सेनिटाइजर, दीर्घरोगी बिरामीका औषधी हस्तान्तरण गरिएको छ ।

‘गाउँ सेवा परिवारले कोरोना संक्रमणको जोखिम अन्त्य नहुँदासम्म चरणबद्ध रुपमा आवश्यकता अनुसार स्वास्थ्य सामग्री आउँदा दिनमा पनि उपलब्ध गराउदँछ,’ पाण्डेले भने, ‘अहिलेको जटिल अवस्थामा उपलब्ध सामाग्रीहरुको सहि प्रयोग होस् र लक्षित वर्गसम्म पुगोस् भन्ने परिवारको चाहना हो ।’

राजधानीमा बसेर गाउँको विकासमा आफ्ना गतिविधि अघि बढाउँदै आएको परिवारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सामग्री उपलब्ध गरेको हो ।

पीपीई बुझेपछि कालीगण्डकी गाउँपालिका अध्यक्ष खिम थापाले अहिलेको समयमा चिकित्सक तथा रातदिन खटिने एम्बुलेन्सका चालकका लागि पीपीई महत्वपूर्ण भएको बताउँदै महामारीको समयमा गाउँ सेवा परिवारले गाउँमै आएर पीपीई लगायत औषधी अत्यावश्यक उपलब्ध गराएकोमा धन्यवाद समेत दिए ।

गत चैत्र १ मा गाउँ सेवा परिवारले कालीगण्डकी गाउँपालिकाको चण्डीभन्ज्याङमा १ दिने निशुल्क शिविर संचालन गर्नुको साथै विर्घा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण समेत गरेको थियो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…