कोभिड–१९ ले ल्याएको चुनौति र अबको गन्तव्य

अनन्तराज अर्याल ।

जिन्दगी यान्त्रिक प्रायः भैसकेको थियो । मन, मस्तिष्क अनि शरीर आराम खोजिरहेको थियो । आराम गर्न पनि त कुनै न कुनै निहुँ चाहिन्छ । फेरि जागिरे जीवन कहाँको आराम, कहाँको विदा । घरिघरि लाग्थ्यो, अवकाशको जीवन रोजूँ ? आफै उत्तर दिन्थेँ, हतारो किन ? समयको अनन्त गतिवान प्रवाहमा बग्नु अनिवार्य हो । म बगिरहेँ । सोच्दथेँ, महानिर्वाणभन्दा अगावै जीवित रहेर पनि सून्यताबोध गर्ने अवसर कहिले मिल्ला ? यस्तै यस्तै । सायद जीवनको यान्त्रिक चक्करमा फन्को मार्ने जो कोहीलाई यस्तै लाग्दो हो ।

हाम्रो जीवन जागिर, पैसा, समाज, सेवा, यसो, त्यसो जित, हार यस्तै–यस्तै घनचक्करमा बितिरहेको छ । हामीले आफूलाई मौलिक र दुरुस्त बनाउने भन्दा पनि अर्काको नक्कल गर्ने, मौका मिले छिर्के हान्ने, खुराफाति गर्ने बस् । आफू ठीक अरू बेठीक । आफ्नो विचार राम्रो, अरूको नराम्रो । आफूले गरेका सारा काम उत्तम, अरूका अधम । यही सोचाइको चक्रव्यूँहमा हामी सबै फसेका छौं । एकले अर्कोको तुलना गरी, तुलनाको तराजुमा जोख्दै कमसल र असल छुट्याउँछौं ।

भौतिक विकासका दृष्टिले जति नै चुलिए पनि मानवीय मूल्यका दृष्टिले मानिस चुलिएन भने असन्तुलन पैदा हुन्छ । सभ्यता बचाउन, कायम राख्न प्रकृति, मानिस र भौतिक विकासमा सन्तुलन आवश्यक हुन्छ ।

तुलनाकै मापदण्डमा समुह निर्माण गर्छौं, शक्ति निर्माण गर्छौैं अनि थाल्र्छौैं दमनको रणनीति । तुलना भन्ने दृष्टिकोण हुन्थेन भने सँसारका सबै चिज सुन्दर लाग्थे । सबै शक्ति शक्ति लाग्थे । सबैको अस्तित्व सम लाग्थ्यो । अनि मानव समाज भावनात्मक रुपमा सुखी हुन्थ्यो । आखिर हामी सबै प्रकृतिका सुन्दर उपहार हौं । पूजीको विकासले आर्जेको भौतिक विकास र त्यसको स्वामित्वको आधारमा मानिसमा वर्गीय विभेद जन्म्यो । यही वर्गीय विभेदबाटै शक्तिका धुरीहरु ठडिए । यही शक्तिको आडमा मानिसले मानिसलाई राज गर्न थाल्यो, भुगोलको अँशबण्डा गरेर । अहिले देखिएका शक्ति राष्ट्र, कमजोर राष्ट्र यसैका उपज हुन् । व्यक्ति मानिसमा पर्ने व्यवहार त्यसैको व्यष्टि रूप हो । मानव सभ्यताको जति नै वखान गरे पनि मानिस दुखी छ । दुःखको कारण स्वयं मानिस र उसको व्यवहार हो ।

भौतिक विकासका दृष्टिले जति नै चुलिए पनि मानवीय मूल्यका दृष्टिले मानिस चुलिएन भने असन्तुलन पैदा हुन्छ । सभ्यता बचाउन, कायम राख्न प्रकृति, मानिस र भौतिक विकासमा सन्तुलन आवश्यक हुन्छ । सन्तुलन विग्रदा मानिस परजित हुन्छ, प्रकृतिले विजय प्राप्त गर्छ, भौतिक उन्नति, सपनाको झिलिमिलि भत्कन्छ । पुनः मानिसले आत्मसमीक्षा गर्ने दिन आउछ । तिनै आत्मसमीक्षाले गरेको मार्गनिर्देशनै हाम्रो भावी अस्तित्वको कोशेढुङ्गा बन्छ । आज हामी आत्मसमीक्षाको निर्णायक मोडमा छौं । कोभिड–१९ (कोरोना भाइरस) ले सिर्जना गरेका वर्तमान परिस्थितिमा ।

यतिबेला मनले खोजेको विश्रामभन्दा अलि फरक प्रकृतिको विश्राममा हामी छौं । आत्मरक्षाको विश्राम । जीवन रक्षानै पहिलो प्राथमिकता भएकोले जीवन रक्षार्थ बन्दी बनेको छ, सिङ्गो विश्व । हाम्रो जीवन भूमिगत शैलीमा बितेको छ ।

मानवसभ्यताका गतिविधि ठप्प रोकिएका छन् । ठूला–ठूला शहर सुनसान छन् । जल, थल, नभ सबै स्तब्ध छन् । प्रकृतिको एकछत्र राज छ । मानिसको हस्तक्षेप बिनाको प्रकृति सुन्दर छ । मानवेतर प्राणीहरू आजाद छन्, निर्भयले फिरन्ते बनेका छन् । नदी स्वच्छ बगिरहेको छ । वायु स्वच्छ गतिवान छ । ध्वनिमा कुनै प्रदुषण छैन । आकाश निर्मल छ । पृथ्वी मौन छ । मानिसको हस्तक्षेप बिना प्रकृतिको खुलेर हाँसेको छ । तर मानिस र उसको सभ्यता शङ्काको घेराभित्र अभियुक्तझै बन्दी जीवन बाचिरहेको छ । मानिसले गरेको अभूतपूर्व उपलब्धि, विज्ञानको चमत्कार, चिकित्सा विज्ञानको सफलता कोरोनाको अगाडि निरीह देखिएको छ । चित् खाएका छौं हामी । यस्तो घडीमा अबको गन्तव्य के ?

यतिबेला मनले खोजेको विश्रामभन्दा अलि फरक प्रकृतिको विश्राममा हामी छौं । आत्मरक्षाको विश्राम । जीवन रक्षानै पहिलो प्राथमिकता भएकोले जीवन रक्षार्थ बन्दी बनेको छ, सिङ्गो विश्व । हाम्रो जीवन भूमिगत शैलीमा बितेको छ ।

विकासले उत्पादन र अर्थसँग सम्बन्ध राख्छ । यतिबेला उत्पादन ठप्प हुनु र बजार बन्द हुनु जस्ता गतिविधिले अर्थतन्त्रमा भारी गिरावट ल्याएको छ । यसले भोलिका दिनमा आर्थिक मन्दी निम्त्याउने, अर्थतन्त्र तहसनहस हुने, उत्पादनमा गिरावट आउने, बेरोजगार र गरिवीका समस्या चुलिने र मानव सभ्यता अझ भयावह हुने निश्चित छ । यसबाट त्राण पाउन मानवकै सुझबुझ, दुरदर्शी सोच र एकीकृत प्रयासको जरुरत पर्दछ । जहाँ समस्या त्यहाँ उपाय भनेझैं अफ्ठ्याराहरु पटकपटक आउछन् । सबै–सबै अफ्ठ्याराहरू पार गरेरै मानव सभ्यता माथि उठ्ने हो । जरुर हामी यस माहामारीबाट छिट्टै मुक्त हुन्छौं । यसबाट शिक्षा लिएर नयाँ सोचका साथ मानव जीवन अगाडि बढ्नु पर्छ ।

हाम्रा हरेक उत्पादनका गतिविधि प्राकृतिक सन्लुलनका केन्द्रीयता हुनु पर्छ । थिलो पर्ने, उठ्ने बिर्सने होइन । यसबाट शिक्षा लिएर हाम्रो उत्पादन शैली, जीवन शैली, खानपान, रहनसहनमा आमूल परिवर्तन ल्याउनु पर्छ । जीवनलाई यान्त्रिक र कृत्रिम नभएर प्राकृतिक र सादगी बनाउनु पर्छ । मानिस र प्रकृति एकार्काका परिपूरक भएर अगाडि बढनु पर्छ । साँच्चिकै मानिस अन्तराष्ट्रिय जाति हुनुपर्छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…