कोरियाका लागि वैशाख ३० अर्थात मे १२ मा चार्टर्ड उडान भर्ने

बोम्जन गुरुङ, दक्षिण कोरिया ।

लकडाउनले निर्धारित मितिमा दक्षिण कोरिया आउन रोकिएका नेपाली नागरिकहरुका लागि नेपाल सरकारले वैशाख ३० अर्थात मे १२ मा चार्टर्ड फ्लाइट गरी विमान उडान भर्ने पक्कापक्की भएको छ । नेपाल सरकारले नियमित भिषा नविकरण गर्नुपर्ने लगायतका समस्याहरुका समाधानका लागि विमान चार्टर्ड गरी कोरिया ल्याउन लागिएको हो ।

कोरियामा रहेर काम गर्न पाउने भिषा अवधिको समय समाप्ति अगावै दक्षिण कोरिया प्रवेशका निम्ति गैर आवासीय नेपाली संघ दक्षिण कोरियाले नेपाल सरकारसँगको अनुरोधलाई नेपाल सरकारले सम्बोधन गर्न लागेको हो । गत अप्रिल ३० तारिक उडान हुने तयारीमा रहेपनि विविध कारणवश उडान रोकिएको थियो । सरकारले आगामी मे १२ मा नेपाल एयरलायन्सको २६० सीट क्षमताको उडान भर्ने तयारी गरिरहेको छ ।

कोरिया आउनुअघि कोरोना स्वास्थ्य परीक्षणको मापदण्ड पूरा गर्नुपर्ने र कोरिया आएपछि पनि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने प्रावधान छ । कोरियाको पछिल्लो नियम अहिले भित्रिने कामदारले आफ्नो कम्पनीको साहुसँग पहिल्यै सल्लाह, समन्वय र पूर्वअनुमति लिएर कम्पनीमै पनि सेल्फ क्वारेन्टाइनमा बस्ने वा आफै व्यवस्था गरेर बस्नुपर्ने नियम रहेको गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका केन्द्रीय अध्यक्ष यज्ञराज सुवेदीले बताए ।

कोरोनाका कारण तुलानात्मक रुपमा कामदारलाई विमानको भाडा स्वभाविक रुपमा महंगो पर्ने र कोरिया आउनु अघि र आएपछि सेल्फ क्वारेन्टाईनमा बस्नुपर्ने केही झन्झटिलो प्रक्रिया भएपनि यो विषम अप्ठ्यारोमा इपीयस नेपाली कामदार निश्चय नै लाभान्वित हुनेमा गैर आवासीय नेपाली संघ दक्षिण कोरियाका केन्द्रीय उपाध्यक्ष संजीव राईले स्पष्ट पारे ।

यो महत्वपूर्ण उडान व्यवस्थापनमा इपीएस शाखा, एचआरडी कोरिया, नेपाली राजदुतावासको भूमिका महत्वपूर्ण रहेको बताईएको छ । कोरियाका लागी विमान उडान हुन नसक्दा कामदारको भिषा समय समाप्त भई कोरिया प्रवेशको अवसरबाट बञ्चित हुनेको संख्या दिनानुदिन बढिरहेको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…