डेंगी राेग: लक्षण तथा बच्ने तरिकाहरु

कमल पाण्डे । डेंगी ज्वरो संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको भाइरल सरुवा रोग हो । यो रोग भाइरसद्वारा संक्रमित भएको एडिस एजिप्टाइ र एडिस एलबोपिक्टस जातका पोथी लामखुट्टेहरुले सार्ने गर्दछ ।

वातावरणीय परिवर्तनका कारण संसारमा यो रोग तिव्र गतिले बढ्ने क्रममा रहेको छ । यो रोग जनस्वास्थ्य समस्याको रुपमा रहेको रोकथाम गर्न सकिने रोग हो । विश्वका उच्च तापक्रम तथा मध्यम तापक्रम भएका शहर तथा शहर उन्मुख क्षेत्रहरुमा यो रोग बढी पाइन्छ ।

डेंगी रोग नेपालमा नयाँ रोगको रुपमा देखिएको छ । ग्रामिण क्षेत्रमा भन्दा शहरमा एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेको बृद्धि बिकासको लागी अनुकुल वाताबरण हुने भएकोले शहरी क्षेत्रहरु रोगको बढि जोखिममा हुने गरेका छन । शहरी क्षेत्रमा मानिसहरुको बसाइँसराइ तिव्र रुपमा हुने गरेको पाइन्छ । यहाँ बसोबास गर्ने मानिसहरुले बिभिन्न प्रकारका भौतिक सुबिधाहरु प्रयोग गर्ने गर्दछन । प्रयोग नहुने पुराना सामाग्रीहरु लामखुट्टेको बृद्धि विकासको लागी उपयुक्त स्थान हुने भएकोले पुराना सामाग्रीहरुको उचित व्यवास्थापन हुन नसकेको कारणले शहरी क्षेत्र बढि जोखिममा परेको देखिन्छ ।

नेपालमा सन् २००४ मा पहिलो पटक चितवन जिल्लामा विदेशी नागरिकमा डेंगी रोग पाइएको थियो । नेपालमा पहिलो पटक सन् २००६ मा डेंगी रोग प्रकोपको रुपमा देखापरेको थियो । सन् २०१० मा यो रोग नेपालका चितवन, रुपन्देही, नवलपरासी, पर्सा, कैलाली र कन्चनपुर लगायत ८ वटा जिल्लामा महामारीको रुपमा देखा पर्यो । हाल यो रोग नेपालका धेरै जिल्लाहरुमा देखा परिसकेको छ ।

यो रोगको अहिले सम्म रोग बिरुद्ध खोप उपलब्ध भएको छैन । उपचारको लागि खास औषधि समेत नभएको हुँदा मुख्य कुरा नै यो रोगबाट बच्नको लागी गरिने क्रियाकलाप तथा रोग तुरुन्तै पत्ता लगाउने र तुरुन्तै लाक्षणिक उपचार गर्नु नै बढि प्रभावकारी हुन्छ । यस रोगमा असाध्यै हड्डी दुख्ने र उच्च ज्वरो आउने हुँदा यस रोगलाइ हड्डि तोड ज्वरो पनि भनिन्छ ।

डेंगी भाइरसका चार प्रकारका सिरोटाइपहरु हुन्छन् । Dengue -1, Dengue-2, dengue-3 ,Dengue-4   को संक्रमण बाट डेंगीरोग लाग्दछ ।

एडिज एजिप्टाइ लामखुट्टे घर तथा घर वरिपरी वसि उज्यालोमा मानिसलाइ टोक्ने स्वभाव भएको लामखुट्टे हो । जसले जम्मा भएको थोरै सफा पानीमा फूल पार्न सक्दछ जस्तै बर्षाको पानी जम्ने भाडाहरु, फूलदानी, पानी ट्यांकीहरु, कुलर, नरिवलका खपटाहरु, निर्माणका ठाँउहरुमा फ्याकीएका साना तिना पानी जम्मा हुन सक्ने भाँडाहरु, चियाका कपहरु, गाडीका टायरहरु आदी । यि लामखुट्टे हरु घर भित्र आराम गर्दछन । घर बाहिर बिभिन्न बस्तुहरुमा जस्तैः झुण्डाएर राखेका कपडाहरुमा अध्यारो कुनामा चिसो र छहारी ठाँउहरुमा बस्दछन । डेंगीको प्रकोप वर्षाद पछिको समयमा सामान्यतया फैलिन सक्दछ यस समयमा ति लामखुट्टेहरुलाइ बृद्धि बिकास गर्ने बातावरण उपयुक्त हुन्छ ।

डेंगी भाइरसको संक्रमण
एडिज जातका लामखुट्टेले संक्रमित व्यक्तिलाइ टोके पछी संक्रमणको चक्र शुरु हुन्छ । सामान्यतया मानिसलाइ टोकेपछी ८ देखि १० दिनको अवधिमा लामखुट्टे संक्रमित हुन सक्दछ । संक्रमित लामखुट्टे फूलमा समेत भाइरस रहन्छ । मानिस नै मुख्य भाइरस लाइ आश्रय दिने जिव हो । ४ देखि ७ दिन सम्म मानिसको शरीरमा भाइरस प्रभाह भइरहन्छ ।

डेंगी ज्वरोका प्रमुख चिन्ह र लक्षणहरु
एक्कासी कडा खालको ज्वरो (Acute Febrile Fever १०४ डी. से. सम्म ) आउनुका साथै निम्न बमोजिमका लक्षणहरु लिएर आएका विरामीलाइ शंकास्पद डेंगी रोगका बिरामी भनिन्छ ।
१. अत्याधिक टाउको दुख्नु ।
२. आँखाको पछाडी पट्टिको भाग दुख्नु ।
३. मांशपेशी तथा हाड जोर्नीहरु दुख्नु ।
४. बिमिरा आउनु ।
५. रक्तश्राव हुनु ।
६. सेता रक्तकोषको संख्यामा कमि हुनु ।

डेंगी रोगको बचाबट तथा नियन्त्रण
१. बहाकको नियन्त्रण
नेपालमा करिव ५० जातिका एडिस लामखुट्टे पाइन्छ । जस मध्ये २ प्रजातिले मात्र रोग सार्न सक्दछ । एडिस एजिप्टाइ र एडिस एल्वोपिक्टस रोग सार्ने लामखुट्टे हुन् । भाले लामखुट्टेले फलफूलको रस मात्र चुस्दछ । एउटा पोथी लामखुट्टेले रगत खाएको २ दिन पछि फूल पार्न थाल्दछ । उसको १५ देखि ३० दिनको जिवनमा करिव ३०० वटा नवग्ने जमेको सफा पानी भएको ठाउमा फूल पार्दछ । तिनै फूलहरुबाट बहाकको लार्भा प्यूपा हुदै बयस्क लामखुट्टेमा परिणत हुन्छ त्यसकारण बाहक तथा तिनको लार्भा नियन्त्रण गर्न जरुरी छ ।

जुन ठाउमा लार्भा भएको शंका गरिन्छ त्यस ठाउमा लार्भाहरु हटाउने कृत्रिम भाँडाहरुमा पानी जम्न नदिने । जस्तैः मोटरका टायरहरु, कुलर, गमला, फूलदानी, खाली बट्टा, अलकत्र तथा मट्टीतेलका खालि ड्रमहरु, प्लाष्टिकका फुटेका तथा फ्याकिएका भाँडाहरु हटाउने ।

पानी जम्मा गर्ने ड्रम तथा ट्यांकीहरुमा ३, ४ दिनमा पानी फेरी राख्ने । पानी ट्यांकीमा ढकन लगाउने । फूलको गमलामा हरेक हप्ता पानी फेरी राख्ने । घर वरपर सफा सुग्घर गर्ने पानी जम्ने खाल्डा खुल्डी पुर्ने गर्नु पर्दछ । रोग देखिने समयमा अभियानको रुपमा प्रत्येक हप्ता आ–आफ्नो घर टोल सबै ठाँउमा लार्भाहरु भएको ठाँउ खोज्ने र नष्ट गर्ने काम गर्नु पर्दछ ।

२. बयस्क लामखुट्टेको नियन्त्रण
यस जातका लामखुट्टे दिनमा टोक्ने र घर भित्रै टोक्न सक्ने हुदा भित्तामा वा अध्यारो कुनामा नबस्ने भएकोले घर भित्र औषधि छर्कीएर नियन्त्रण गर्न सकिदिन । त्यसैले खुल्ला वातावरणमा किटनाशक विषादी छिडकाउ गर्ने जस्ता कार्य गर्न सकिने तर यि कार्य त्यति प्रभावकारी मानिएको छैन ।

३. मानिस र लामखुट्टेको सम्पर्क विच्छेद गर्ने ।
१. दिउँसो विहान र साँझ जहाँ वस्दा पनि पुरा बाहुला भएको र पुरा शरीर ढाक्ने कपडा लगाउने ।
२. सा–साना नानी बाबुहरुलाई दिउँसो सुताउँदा झुल लगाएर सुताउने ।
३. हात खुट्टामा तेल लगाउने वा मलम लगाउने ताकी लामखुट्टे बस्न नसकोस ।
४. घरमा झ्याल ढोकामा जाली लगाउने घर वरपर सफा सुग्घर राख्ने र खाल्टा खुल्टी पुर्ने ।

 

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…