नेपाली कांग्रेसद्वारा अर्थतन्त्र केन्द्रित विशेष समिति गठन

काठमाडौं । नेपाली कांग्रेसले कोभिड–१९ (कोरोनाभाइरस) ले देशको अर्थतन्त्रको बारेमा पारेको प्रभाव बारे अध्ययन दल गठन गरेको छ । गत वैशाख १७ गते बसेको केन्द्रिय समितिको निर्णय अनुसार बुधबार अर्थतन्त्र केन्द्रित विशेष समित गठन गर्ने निर्णय गरेको हो ।

समितिको जिम्मेवारी डा. रामशरण महतलाई दिइएको छ । महेश आचार्य, ज्ञानेन्द्रबहादुर कार्की, डा. नारायण खड्का, मिनेन्द्र रिजाल, चिनकाजी श्रेष्ठ, दिपकुमार उपाध्याय, भरत शाह, उदय शमशेर राणा, डा. पृथ्वीराज लिगल, शंकर शर्मा, डा. जगदीशचन्द्र पोख्रेल, डा. गोविन्द्र पोख्रेल र डा. स्वर्णिम वाग्ले समितिमा सदस्य रहेको नेपाली कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्ण पौडेलले जानकारी दिए ।

समितिले तत्कालिन रुपमा अत्यावश्यक राहत बारे सुझाव, अल्पकालिन रुपमा आगामी बजेटको प्राथमिकता बारे धारण र दीर्घकालिन रुपमा कोरोनापछिको अर्थतन्त्र बारे दुरगामी दृष्टिकोण निर्माण गर्ने नेपाली कांग्रेस जनाए । समितिको अध्ययन, विश्लेषण र अभिमतका आधारमा नेपाली कांग्रेसले आफ्नो अवधारण र भूमिकालाई अगाडि बढाउने नेपाली कांग्रेसको योजना रहेको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…