एक जनामा डेङ्गी संक्रमण पुष्टि पछि वालिङमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–८ का ७० वर्षीय एक पुरुषमा डेङ्गी संक्रमित भएपछि नगरपालिकाले ‘सर्च एण्ड टिस्ट्रोय’ अभियान थालेको छ ।

नगरपालिकामा थप संक्रमण फैलान नदिन ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान थालेको हो ।

वालिङ नगरपालिकाको सहकार्यमा वालिङस्थित विभिन्न संघसंस्था तथा क्लबहरुले अभियानलाई सहयोग गरिरहेका छन् ।

डेङ्गी सार्ने माध्यमकोरुपमा रहेको लामखुट्टे बढ्न नदिने, लामुखट्टेको बासस्थान रहन सक्ने संभावित ठाउँहरुको खोजी गरी कीटनाशक औषधिको प्रयोग गरी मार्ने कार्य थालेको छ ।

वालिङमा डेङ्गी संक्रमण नियन्त्रण र रोकथामका लागि नगरपालिकाले आवश्यक तयारी गरिसकेको वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले जानकारी दिए ।

लामखुट्टेको टोकाईबाट यो रोग सर्ने भएकाले आफ्नो घर वरिपरी पानी जम्न नदिई सरसफाई राख्न पनि नगर प्रमुख खाँणले आग्रह गर्नुभयो ।

वालिङको एकजनामा पोखरास्थित गण्डकी मेडिकल कलेजमा परीक्षण गर्दा डेङ्गी देखिएको थियो । अहिलेसम्म थप संक्रमित व्यक्ति नदेखिएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले बताए ।

डेङ्गी भाईरसद्वारा संक्रमित ‘एडिज एजिप्टी’ र ‘एडिज एल्बोपिक्टस’ जातका पोथी लामखुट्टेको टोकाईबाट सर्ने गर्दछ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…