आजदेखि संसद बजेट अधिवेशन सुरु हुँदै, सामाजिक दुरी कायमका लागि आसन तयार

काठमाडौं । संघिय संसदको बजेट अधिवेशन अपराहन्न ४ बजेदेखि सुरु हुदैँछ । बैठकमा सामाजिक दुरी कायमका लागि आसन तयार गरिएको छ । आसन साढे एक मिटरको दुरीमा राखिएको छ ।


बैठकमा उपस्थित सांसदहरुले अनिवार्य मास्क लगाउनुपर्ने, संसद भवन प्रवेश गर्नु अघि ज्वरो नाप्ने, साबुन पानीले हात धुने, बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने लगायतका विषयमा उच्च सतर्कता अपनाइको सभामुख अग्नि सापकोटाले शुक्रबार पक्रकार सम्मेलनमा जानकारी दिए ।
आजको बैठक दलहरुले शुभकामना दिएर समाप्त हुनेछन् ।

आगामि २८ गते ११ बजे प्रतिनिधि सभा र १ बजे राष्ट्रिय सभाको बैठक बस्ने कार्यतालिका रहेको छ । २८ गतेको बैठकमा नेपाल सरकारका अर्थमन्त्री डा. युवराज खतिवडाको बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्तुत गर्नेछन् । छलफल २९ र ३० गते सम्म चल्नेछन् ।


जेठ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको स्रोतले जनाए ।


४ गतेदेखि नीति तथा कार्यक्रम माथि छलफल शुरु हुनेछन् । छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुहुनेछ ।

जेठ १३ गते अर्थमन्त्री युवराज खतिवडाले आगामि आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत र १५ गते आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत गर्नेछन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…