नेपाली भूमि अतिक्रमण बारे नेकपाका युवा नेता किशोरविक्रम मल्लको सरकारलाई ध्यानाकर्षण

दृष्टि लाइभ । नेपाली भूमि अतिक्रमण गर्दै भारतले मानसरोवरमा बाटो खोलेको विषयमा युवा नेता किशोर विक्रम मल्लले प्रेस विज्ञप्ति मार्फत सरकारको ध्यानाकषर््ण गराएका छन् ।

अनेरास्ववियुका पूर्व अध्यक्ष एवं गण्डकी प्रदेश कमिटीका सदस्य मल्लले नेपालको सार्वभौममाथि भारतले धावा बोले भन्दै प्रेस विज्ञप्ति मार्फत सरकारको ध्यानाकर्षण गराएका हुन् । उनीद्वारा प्रेस जारी विज्ञप्तिमा भनिएको छ, ‘लिपुलेक हाम्रो हो । कालापानी हाम्रो हो । लिम्पियाधुरा हाम्रो हो । भारतीय विस्तारवाद–मुर्दावाद । हाम्रो भूमि मिच्न पाँइदैन ।’

‘भारतले पटक–पटक नेपालको राष्ट्रियता माथि धावा बोलिरहँदा नेपाल सरकारले किन दीर्घकालिन समस्याको समाधान हुने गरी पहल गरेको छैन,’ उनले विज्ञप्तिमा भनेका छन् ।

विश्व कोरोना विरुद्ध लडिरहेका बेला भारतबाट नेपाली भूमि माथि आक्रमण गर्नु खेद जनक कुरा भएको उनले बताए । भारतीय रवैयाको असहाय हुने बताउँदै घोर निन्दा र भत्सर्ना गरेको छ ।

मल्लले विज्ञप्तिमा लेखेका छन्, ‘तत्काल कुटनैतिक पहल गरी भारतसँग वार्ताका माध्यमबाट समस्याका समाधान गर्न परराष्ट्र मन्त्री र सरोकारवालासँग अनुरोध छ ।’

हिजोबाट चलेको संसद अधिवेशनमा समेत विषयवस्तु प्रवेश गराई साझा धारण बनाएर पारित गराउन सभामुख समेतको ध्यानाकर्षण गरेको छ । नेपालको सार्वभौमको बारेमा आफूहरुले जुनसुकै मूल्य चुकाउन समेत तयार रहेको मल्ले बताए ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…