‘बिडम्बना नेपालको बर्तमान स्थितिमा त्यस्तो भैरहेको छैन’

राजेश पाण्डेय । युवालाई समाजको मेरुदण्ड तथा बलियो खम्बाको रुपमा पनि मानिन्छ । अर्को शब्दमा भन्नुपर्दा युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक रुपान्तरणका संवाहक पनि हुन् । नेपाल सरकारले युवा नीतिको सूचीमा १६ वर्षदेखि ४० वर्ष उमेर समुह सम्मका मानिहरुलाई युवा मानेको छ । यो उमेर शारिरीक तथा मानसिक रुपमा स्वास्थ्य र परिपक्व साथै उर्जाशिल, साहसि र उच्च आत्माबलले भरिएको उमेर पनि हो ।

जुनसुकै देशको बिकास प्रक्रिया र समृद्धिमा युवाशक्तिको महत्वपूर्ण भुमिका रहन्छ । यो विषयबाट नेपाल पनि टाढा रहेर बस्न सक्न्दैन । देशमा रहेको बिकृित र विसंगतिलाई समयको गतिसँगै पर धकेलेर नयाँ मुल्य र मान्यतालाई स्थापित गर्दै समाज रुपान्तरणको महत्वपूर्ण भुमिका युवा शक्तिले खेल्दछ ।

समाजमा वर्तमानले भविष्यलाई डो¥याउँछ । यसकारण युवा बर्तमान र भविष्यका दुवैका आधार हुन् । युवाशक्तिको सर्वाङ्गिण पक्षको विकासमा राज्यले उचित ध्यान पु¥याइ उनीहरुको क्षमताको आधारमा आवश्यक नीति निर्माण गरी समग्र देश विकासमा लगाउन सकियो भने युवाशक्तिले अनुकरणिय दृष्टान्त प्रस्तुत गर्न सक्दछन् ।

नेपालको सन्दर्भमा हेर्ने हो भने हामी इतिहासको एक यस्तो महत्वपूर्ण अवस्थामा उभिएका छौं । जुन मोडमा समस्या, चुनौति र अवसरहरु एकै साथ थुप्रिएका छन् । हाम्रा अगाडि प्रशस्त मात्रामा सामना गर्नुपर्ने चुनौतिहरु ठडिएको छ । जति बढी चुनौतिपूर्ण अवस्था हुन्छ, हामीले गर्ने योगदानको महत्व त्यति नै बढी हुन्छ । तसर्थ देशका युवाशक्तिले आइपर्ने चुनौतिसँग डटेर सामना गर्दै प्राप्त अवसरहरुलाई उपयोग गर्न सक्नुपर्दछ ।

तर, बिडम्बना नेपालको बर्तमान अवस्थामा त्यस्तो भैरहेको छैन । दैनिक हजारौं नेपाली युवाहरु हातमा हरियो पासपोर्ट बोकेर श्रम गर्नकै लागि बिदेश पलायन हुन्छन् । युवाको मस्तिस्कले विदेसिनु बाहेकको अर्को बिकल्प र कुनै सिर्जनशिलता देख्दैनन् । जबसम्म देश र समाज विकासको मुलधारमा रहेर अग्रणी भुमिका खेल्नुपर्ने युवाशक्तिको अन्यौलता रहिरन्छ तबसम्म समाज र देश विकासमा आमुल परिवर्तन भैहाल्छ भनेर मान्न सकिदैन ।

यसो भन्दैमा पोखरीको छेउमा बसेर पोखरी भित्रको फोहोरलाई छ्या भनेर बसेर मात्र हुन्छ ? पोखरी भित्र पसेर शुद्धिकरण गर्ने दायित्वबोध पनि हामी युवाले गर्नुपर्दछ । भन्नुको अर्थ राज्य र नीति निर्माणलाई दोश लगाएर जिम्मेवारीबाट पछि हट्न भने मिल्दैन । एक्काईसौं शताब्दीका हामी युवा राज्यले नदिएका अधिकार खोज्दै, नमिलेका नीति नियम बनाउँदै समाजमा विद्यामान कुरीति, बिकृति र विसंगतिलाई चिर्दै नर्या सिर्जनशिलता र उद्यमशिलतामा अगाडि बढ्नु पर्दछ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…