काठमाडौंका नगरपुरुषहरु

काठमाडौं खाल्डोको भुगोल बडो अचम्म लाग्दो छ, त्यहाँ बिहानको ताजा हावा खेल्दैन । यो विज्ञान हो, विम्बमात्र सम्झने गलती नगर्नुहोला ।

संसारभरि मान्य कुरा, बिहानमा ताजा हावामा विचरण गर्दा स्वास्थ्यमा फाईदा हुन्छ भन्ने मानेर काठमाडौंमा जुत्ता कस्नेहरुले धोका पाईरहेका हुन्छन् । बिहान पाँच बजेदेखि सात बजेसम्म सबैभन्दा बढी प्रदुषित हुन्छ त्यो खाल्डोको हावा ।

तर पनि बिहान बिहान रुमल्लिएका अबुझहरु जताततै देखिन्छन, सायद वैज्ञानिक तथ्यमा आधारित तर अन्त लागु नभएका कुरा विश्वासै गर्न नसक्ने मान्छेको भीडको सबैभन्दा ठूलो कमजोरी हो ।

हावा मात्र हैन, काठमाडौंको चेतना पनि त्यस्तै छ । जसरी अन्तैको रापले वायुमण्डल तातेर हलचल थाम्नै नसकिने भएपछि बल्ल दिउँसो बाह्र बजेपछि दुषित हावा चोभारको बाटो भएर निस्कन्छ र मात्र नयाँले ठाउँ पाउँछ; काठमाडौंको चेतना पनि खाल्डोमा जमेर बस्छ अन्तको राप नआउँदासम्म ।

र, नयाँले ठाउँ पाएर पुरानो प्रदुषण फालिँदा नफालिँदै फेरि दुषित भइसक्छ चेतना पनि, तीन बजेपछि फेरि हावा दुषित हुन लागे झैं ।

खाल्डोको भुगोलको आफ्नै चरित्र भए झैँ मान्छेको टाउका भित्रको खाल्डोको पनि त्यस्तै त्यस्तै खालको छाँटकाँट देखिदो रहेछ ।

खाल्डोको भुगोलको आफ्नै चरित्र भए झैँ मान्छेको टाउका भित्रको खाल्डोको पनि त्यस्तै त्यस्तै खालको छाँटकाँट देखिदो रहेछ ।

माओवादीले खाल्डो बाहिरको दुई–तिहाई भन्दा बढी देशबाट राज्यलाई विस्थापित गरेपछि बल्ल खाल्डोको चेतनामा समावेशिता छिर्यो । बाहिरको रापताप सहन नसक्ने भएपछि बल्ल खाल्डो भित्रको बतास यसो हल्लिन थाल्यो ।

तर, चोखिन नपाउँदै फेरि प्रदुषित भई सक्यो । जमेर बसेको खाल्डोमा नयाँ र पुरानाको अन्तर नै रहेन । र चेतनाको तीन कति छिटो बज्यो कि हिजो बाहिरबाट बिगुल फुक्ने युग पाठक र भित्रैबाट घन्टी बजाउने दीपक ज्ञवाली बीच कुनै फरक रहेन ।

आज दुवैको स्वर एउटै लाग्छ–आआफ्ना मालिकको गुलामी, र आअफ्ना स्वार्थ रक्षाको चित्कार । आज युग पाठकको माङ्गेना र दीपक ज्ञवालीको मुकुटप्रेम उस्तै लाग्दैछ । खाल्डोको भुगोल साँच्चै नै गज्जब रहेछ ।

वैज्ञानिकहरुले काठमाडौंको भुगोल र हावाको प्रदुषणको अन्तर–सम्बन्ध धेरै पढे, अनुसन्धान गरे र तथ्य पत्ता लगाए । तर  काठमाडौंको सत्ता समीकरण र चेतनाको प्रदुषणको अन्तर–सम्बन्ध बुझ्ने प्रयास खासै भएन, र अलि अलि जे जति बुझे–उनले त्यो गूढ रहस्यबाट फाइदा लिएर बसे, आँफै दुषित भए ।

मैले बुझेको स्पष्ट छ–काठमाडौंको बौद्धिक वर्ग शक्तिशालीले प्रयोग गरिदिए हुन्थ्यो भनेर तम्तयार भएर बस्ने नगरपुरुषहरुको जमात हो । काठमाडौंको फरक फरक सत्ताकेन्द्रको रोजाईमा पर्नका लागि सत्तालाई मन पर्ने खालको शृंगार गर्न, नयाँ नयाँ शृंगार विधि संसार भरिबाट खोज्न र त्यसको लेपन आँफूले गरेको देखाउन उछुर–मुछुर गरेर बस्ने, झ्यालमा वा कौसीमा बसेर मालिकको सवारी हुँदा निगाह हुन्छ कि भनेर हेर्ने ।

काठमाडौंको फरक फरक सत्ताकेन्द्रको रोजाईमा पर्नका लागि सत्तालाई मन पर्ने खालको शृंगार गर्न, नयाँ नयाँ शृंगार विधि संसार भरिबाट खोज्न र त्यसको लेपन आँफूले गरेको देखाउन उछुर–मुछुर गरेर बस्ने, झ्यालमा वा कौसीमा बसेर मालिकको सवारी हुँदा निगाह हुन्छ कि भनेर हेर्ने ।

ट्विटरमा युग पाठकहरुका भिडियो मन्चन मलाई यस्तै लाग्छन्–काठमाडौंको सत्ताको भुगोलले प्रदुषित गरेको बाहिरी ताजा हावाको बिग्रेको रूप ।

भित्र छिरेपछि निस्कन गाह्रो हुन्छ । नजिक भएपछि बुझ्न गाह्रो हुन्छ । मालिक र मसीहा छुट्याउन नसकेपछि चेतना दास हुन्छ, र शक्तिशाली सुगठित स्वरुप पनि नवाबका मनोरंजनका लागि मात्र प्रयोग हुन थाल्छ ।

कान्तिपुर कन्क्लेभको सूचना आएपछि कान्तिपुरका सम्पादक सुधीर शर्मालाई फोन गरेर पासको व्यवस्था गरिदिन अनुरोध गरे । वालिङबाट पुगे–हतार हतार ।

बौद्धिक मन्च थियो–बहस, छलफल र शास्त्रार्थ हुने ठाउँ जस्तो । रमाईला र ज्ञानवर्धक सत्रहरु थिए । क्लाईम्याक्समा थियो–प्रचण्डसँग सम्वाद ।

ह्यात होटलको ठूलो हल खचाखच भरिएको थियो। समय भन्दा पाँच मिनेट अगाडि नै प्रचण्ड पुगे । ठिक समयमा स्टेजमा बोलाईयो । रौबका साथ ओजपूर्ण व्यक्तित्व चम्कीरहेको थियो ।

साँच्चै अगाडि भन्दा साईडमा दुवै पट्टि पछाडिको ठूलो स्क्रीनहरुमा प्रचण्डको मुसुमुसु हाँस्दै कुरा गर्ने प्रभावशाली व्यक्तित्व खिलेर आएको थियो । 

हेर्ने नै प्रभावित नभई बस्न नसकिने अवस्था थियो, झन् नजिकै हुनेलाई कस्तो भएको होला ? तर सुधीरदाई बडो सहजताका साथ बस्दै हुनुहुन्थ्यो दाहिनेपट्टीको कुर्चीमा । म काँग्रेस नेता गगन थापासँग बसेर हलमा पछाडि पट्टीको कुर्चीमा थिएँ ।

पहिलो प्रश्न यसरी फ्रेम गरिएको थियो कि उत्तरमा प्रचण्डलाई आफ्नो बखान नगरी सुखै थिएन । पहिलो आधा घन्टा उनी कति त्यागी मान्छे हुन् कति विलक्षण मान्छे हुन् र कसरी त्यो निम्न मध्यमवर्गको पृष्ठभुमिबाट आएर पनि यत्रो हाईट बनाउन सफल भए भन्ने ‘प्रेरक’ कथा उनकै मुखबाट सुनेर हामी धन्य भएका थियौं । समस्या यति मात्र थियो कि त्यो हलमा त्यो कथा सबैलाई थाहा थियो, र फेरिपनि असी प्रतिशत म जस्ता भन्सुनका आधारमा पास लिएर पुगेका भद्र मान्छेहरु मज्जाले त्यो भावी सम्राटको आत्म–स्तुतिमा आनन्द लिन बाध्य थियौं ।

काठमाडौंको बौद्धिक वर्गको एउटा विचित्रको अबौद्धिक  चरित्र छ । आँखै अगाडि आफना ‘बौद्धिक’ साथीभाईको मुख्र्याइँ देखेरपनि नदेखे झै गर्छ । सही र गलत थाहा हुँदाहुँदै पनि बोल्दैन । सहयोगी आलोचना गर्दैन–किनकि आलोचना सजिलरी कसैले लिँदैन पनि । सिधै घमण्डमा लिन्छ ।

र जब काठमाडौंको ‘बौद्धिक’ वर्गले इगोमा लिन्छ, तब रीसले आँखा देख्दैन । सही र गलतको मर्यादा बिर्सन्छ, अरुलाई पढाउने गरेको नैतिक पाठ बिर्सन्छ, र तल्लो स्तरको व्यक्तिगत ‘बीलो द बेल्ट’ लडाईंमा उत्रन्छ ।

जब काठमाडौंको ‘बौद्धिक’ वर्गले इगोमा लिन्छ, तब रीसले आँखा देख्दैन । सही र गलतको मर्यादा बिर्सन्छ, अरुलाई पढाउने गरेको नैतिक पाठ बिर्सन्छ, र तल्लो स्तरको व्यक्तिगत ‘बीलो द बेल्ट’ लडाईंमा उत्रन्छ ।

उदाहरणको लागि सेतोपाटीसँगको एउटा उदाहरण भर्खरैको ।

अमीत ढकालको एउटा लेख आयो–ओलीको भविष्यबारे । लेख सर्सर्ती पढेँ, लेखाई सरल हुँदाहुँदै पनि लजिकल फ्लो अलि क्लिष्ट थियो । बीच्चमा कविताका उद्धारण थिए–खासै विम्ब सन्दर्भमा चोटिला नभएपनि आँफैमा राम्रै कविताका ।

दुईवटा कुराका लागि फोन गरेर नै कुरा गर्न मन लाग्यो, अमीत दाईसँग ।

अमीत दाईसँग र सेतोपाटीसँग मेरो लामो सम्बन्ध छ । रिपब्लिका अंग्रेजी दैनिकको प्रधान सम्पादक हुँदा खेरि फोटो नराखिकन ‘दिनकर नेपाल’को नाममा भुटानी शरणार्थीबारे ‘पिपुल विदाउट अ नेशन’ लेख छापेर मेरो यो जीवनको यात्रा शुरु भएको थियो । 

पछि सेतोपाटी सुरु भएपछि विचारको स्वतन्त्रतालाई व्यापारिक अंकुशबाट फुत्काउने पवित्र उद्देश्यका साथ सुरु भएको वहाँहरुको आव्हानबाट म निक्कै प्रभावित भएको थिएँ । मलाई आफ्नै पत्रिका जस्तो लाग्थ्यो ।

मेरो व्यक्तिगत कथासँग नजिकबाट परिचित अमीत दाईले धेरै अघि मेरो प्रोफाइल (व्यक्तिगत जीवन कथा) सेतोपाटीमा गरौं भनेर प्रस्ताव गर्दा मैले हुन्न भनेको थिएँ । मलाई ह्वार्र चर्चामा आएर ‘मुतको न्यानो’ सँग मतलब थिएन ।

धेरै लेखें सेतोपाटीका लागि निःशुल्क । अरु मीडियामा एउटा लेखको दस हजार रुपैयाँ बराबरको एभरेजमा लेख्दा समेत मैले निःशुल्क सेतोपाटीका लागि लेखें किनकि त्यो पवित्र उद्देश्य वैचारिक स्वतन्त्रताका लागि आवश्यक थियो–खाल्डोमा जमेको हावामा धुलो धुवाँ पखाल्न बतास जरूरी थियो, हलचल चाहिएको थियो ।

अमीत दाईको लेख आउनुको चार दिन अघि मैले सेतोपाटीका सम्पादक सुदीप श्रेष्ठलाई एउटा ‘ब्लग’ को लागि पठाएँ, सम्पूर्ण नेपाली युवाहरुलाई पत्र भन्ने शीर्षकमा ।

एक दिनपछि सुदीपले नछाप्ने निर्णय गरियो, सरी भने । मेरा लेखहरु यसअघि पनि नछापिएका छन् अन्यत्र पनि–तर मैले कारण चैं सँधै चित्त बुझ्दो पाएको छु । कारण सोधें ।

खासै चित्त बुझ्दो कारण आएन, अलि निराश पार्छ कि युवाहरुलाई भन्ने लागेको हो भन्ने आशय प्रकट गरे उनले । 

एउटा सत्र वर्षको युवालाई पढ्न लगाएर न्युट्रल फीडब्याक लिनु र मलाई पनि भन्नू है त भनेर कुरो टुंग्याएँ मैले । बुझेपछि बोल्न परेन । लक्षण लामो समयदेखि आंकलन गर्दै थिएँ, निचोडको अझै नजिक पुगे ।

संस्था ध्वस्त भइसकेको रहेछ । व्यक्ति हावी भइसकेको रहेछ । जब एकल सोच हावी हुन्छ, र त्यसलाई मौन सम्मतिमात्र दिने कारिन्दा वरिपरि हुन्छन्–संस्था मर्छ, व्यक्तिको टाउको धानिन नसकिने हुन्छ ।

त्यो लेखमा दुईवटा कुरा मलाई चित्त बुझेको थिएन–अहिलेको मुद्दामा प्रचण्डको हतियार बनेर प्रयोग गरिएको नयाँ पत्रिका एक पक्षीय हुनु स्वाभाविक हुन्थ्यो । तर अन्यत्र पनि त्यो भित्री षड्यन्त्र जानी जानी लुकाइएको वा नजानेर लुक्न गएको भान हुन्थ्यो । अमीत दाईको पनि सुत्रहरु सिमित र हेराई एकपक्षीय लाग्दै थिए ।

जनमत बनाउने शक्तिशाली माध्यम हुन् मिडीया । लिंकन देखि ओबामा र प्रचण्डले यो प्रयोग गरेकै हुन् । बौद्धिकहरुले शासक माथि टर्च लाइट पारिदिने हुन् । के लुकाउने, के देखाउने र केलाई कसरी देखाउने भन्नेमा राजनिती जहाँपनि हुन्छ ।

मिडिया हाउसको वैचारिक अडान स्पष्ट पारेर त्यही लाईनको समर्थनमा अभियान चलाउने अभ्यास सबैभन्दा बलियो अमेरिकामा छ । ट्रम्पको विरोधमा न्युयोर्क टाइम्स लागेकै हुन्छ ।

तर समस्या एउटा मात्र छ, काठमाडौंको मिडिया र बौद्धिक वर्गको एकआपसमा र सत्तासँगको सम्बन्ध सामन्ति छ । ‘बौद्धिक’ वर्ग नै बौद्धिक छैन । सैद्धान्तिक अडान र नीति छैन, निजी झुकावमात्र छन् । राजनितीको समस्या पनि सायद त्यही हो । 

बौद्धिक वर्गले आलोचना र व्यक्तिगत प्रहारमा फरक बुझ्छ । बौद्धिक वर्ग वास्तवमै बौद्धिक हुन सुझाव स्वीकार गर्छ–सिक्छ र सिकाउँछ । आफ्ना कुरालाई कसैले तर्क दिएर गलत भन्दा किन हैन भनेर प्रस्ट्याउन आउने आत्म–विश्वास राख्छ । र, तथ्य र तर्कसंगत खण्डनका अगाडि मात्र शिर झुकाउँछ ।

बौद्धिक वर्गले आलोचना र व्यक्तिगत प्रहारमा फरक बुझ्छ । बौद्धिक वर्ग वास्तवमै बौद्धिक हुन सुझाव स्वीकार गर्छ–सिक्छ र सिकाउँछ । आफ्ना कुरालाई कसैले तर्क दिएर गलत भन्दा किन हैन भनेर प्रस्ट्याउन आउने आत्म–विश्वास राख्छ । र, तथ्य र तर्कसंगत खण्डनका अगाडि मात्र शिर झुकाउँछ ।

मैले फोनमा अमीत दाईलाई भनें, एउटा कुरा त यो ‘भाडाका टट्टु’ भन्ने शब्द ठिक लागेन दाइ, अर्को कुरा चै ओली पक्षले किन यसरी व्यवहार गर्दैछ जसरी अहिले गर्दैछ भन्ने कुराको एकदम आदर्शवादी विश्लेषणमात्र भयो । पूर्व प्रहरी प्रमूख सर्वेन्द्र खनालले सांसद ओसार पसार गरेका कुरालाई ‘भाडाका टट्टू’ लेखेको कुरा वहाँको आफ्नै लेखको ‘डार्लिङ’ भएको थियो ।

‘किल योर डार्लिङ्स  फर्स्ट’ भन्ने सम्पादन सिद्धान्त अरुका लेखमा लागु हुन्छन् होला– सेतोपाटीमा टाउको धानिन नसकिने भइसकेको रहेछ । अब त्यो संस्था रहेन, लेखहरुको स्वरुप र प्रस्तुतिले पनि देखाउँछ ।

‘शब्द चयन’मा खासै समस्या मानेको छैन भन्ने वहाँको कुरा आएपछि  मैले बुझेर छोडें। तर लेखको अर्को महत्वपूर्ण पाटोबारे भने नलेखि बस्न मनले मानेन । म साँझसम्म लेखमा नै पठाउँछु भने ।

र दुई वर्षपछिको पहिलो राजनितिक विषयको लेख लेखें र पठाएँ । मेरो प्रयास सरल थियो– प्रचण्डको धुर्त खेलमा ओलीपक्षको कुरा हेर्ने प्रयास । कुन पात्र र स्वार्थ समूहले कसरी र किन त्यो  व्यवहार गर्दैछ जुन गर्दैछ भनेर हेर्दा स्पष्ट देखिन्छ–टाउकाको किनबेचबाट सत्तामा पुग्ने मूल चरित्र भएको यो व्यवस्था नै अस्थिरताको जननी हो ।

लेख पठाएपछि फाइनल स्वरुप हेर्नका लागि सम्पर्क गर्ने अनेक प्रयास गर्दा भएन, एकै चोटि ब्लगमा लगेर छापेपछि मात्र देखें । प्रचण्डलाई ‘छट्टु मदारी’को संज्ञा दिएको फालिएको थियो, र राजनितिक विश्लेषण कविताले प्रभावित पारेर हुँदैन, मूल चरित्रको सूक्ष्म विश्लेषण चाहिन्छ भन्ने हिन्टका लागि राखिएको लाइन उडाइएको थियो ।

‘मैले ब्लगका लेखेको होईन, लेख हटाउनुस्’ भनेर मेसेज पठाएँ । ‘सीन’ भयो, जवाफ आएन । तीन घन्टा पर्खें, न लेख हट्यो न कुनै रिसपोन्स । सुदीपले पनि जवाब दिएनन् ।

‘मैले ब्लगका लेखेको होईन, लेख हटाउनुस्’ भनेर मेसेज पठाएँ । ‘सीन’ भयो, जवाफ आएन । तीन घन्टा पर्खें, न लेख हट्यो न कुनै रिसपोन्स । सुदीपले पनि जवाब दिएनन् ।

सत्ता अरुबाट खोसेर संस्थामा दिनु मात्र रुपान्तरणको जग हुन्छ । खोसेर आफ्ना हातमा राख्नु क्रान्ति होईन ।

अब लडाइँ सैद्धान्तिक बनीसकेको थियो–मैले ट्विटरमा मोर्चा खोलें । बाँकि त्यहाँ छताछुल्ल छ–नाँगो स्वरूप । दम्भ, सामीप्यताका दृष्टिदोष, आलोचना लिन नसकेर गरिएका असैद्धान्तिक बचाव, अनुमानका आधारमा गरिएको अभद्र प्रहार ।

यी सबै लक्षण हुन्–नेपालको ‘बौद्धिक’ वर्गका। आलोचना लिनै नसक्ने र आलोचना गर्न खोज्नेलाई सिधै सिध्द्याउन खोज्ने र निरन्तर सिकाईको अभ्यास नगर्ने प्रवृतिले हामीलाई राक्षसी घमन्ड भएका बौद्धिक लिलिपुटहरुको जमात बनाएको छ ।

सम्राटका लागि तैयार पारिएका ‘हारम’मा पन्ध्र सय जति सुन्दरीहरु राखिन्थे, चीनमा । उनीहरुको सुन्दरता, रुप, लगाई खुवाई र कामकलाको विशेष प्रशिक्षणका लागि हाई कमाण्ड हुन्थ्यो, तिनका माथिल्लो मान्छेहरुका शासकको शयन कक्षसम्म नै पहुँच हुन्थ्यो । धेरै पटक यो समूह विशेष राजनितिक काण्ड मच्चाउन सहयोगी बन्थ्यो । कहिलेकाही चैं शासक कै हत्याका लागि पनि ।

नेपालको बौद्धिक वर्ग वास्तवमा शासकहरुका हारमका पन्ध्रसय भन्दा बढी हुन सकेका छैनन् । ताजा हावा खेल्ने वातावरण काठमाडौको भुगोलले बन्न दिँदैन ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…