सोमबार मात्रै थपिए २४ जना कोरोनाभाइरस संक्रमित

१३४ पुग्यो संक्रमित संख्या

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या एक सय ३४ जना पुगेको छ । सोमबार मात्रै २४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार अधिकारीका अनुसार सोमबार साँझ कपिलवस्तु यशोधारा गाउँपालिका र बुद्दभूमि नगरपालिका–७ का १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरुमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो

यसैगरी रुपन्देही समरीमाई गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ का २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरुमा र बर्दिया राजपुर नगरपालिका–५ का ११ वर्षिया महिलामा पनि कोरोना संक्रमित भएको मन्त्रालयले पुष्टि गरेको छ ।

दिउँसो सप्तरी डाक्नेश्वरी गाउँपालिकाका–१८ वर्षिय युवकमा संक्रमित भएको पुष्टि भएको थियो ।
सोमबार बिहानै कपिलवस्तु यशोधारा गाउँपालिका–५ र बुद्दभूमि गाउँपालिका–७ र १० का १० जना पुरुषमा संक्रमण पुष्टि भैसकेको थियो ।

नेपालमा हाल सम्म १७ हजार ८ सय २१ जनालाई पीसीआर विधिद्वारा कोरोनाभाइरस परीक्षण गरिसको छ । कुल संक्रमित १३४ जना मध्ये ३३ जनालाई निको भैसकेको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…