पत्रकारले दिए कोरोना परीक्षण गर्ने आरडिटि किट

कला राना ।

स्याङ्जाका एक पत्रकारले कोरोना परिक्षणका लागी आरडिटि किट सहयोग गरेका छन् ।
नेपालमा समेत पछिल्लो समय कोरोना संक्रमितको संख्या बढिरहेको र कोरोना परीक्षणमा किट अभाव भईरहेका अवस्थामा नेपाल पत्रकार महासंघ स्याङ्जाका उपाध्यक्ष अर्जुन काफ्लेले बुधबार जिल्ला प्रशासन कार्यालयमा २० थान आरडिटि किट सहयोग प्रदान गरेका हुन।

स्याङ्जामा आरडिटि किट अभाव हुँदा क्वारेन्टाईनमा रहेकाहरुलाई समेत कोरोना परीक्षण नगरिकन घर पठाईरहेको अवस्थामा पत्रकार काफ्लेले जिल्ला विपत व्यवस्थापन कोषलाई आरडिटि किट सहयोग गरेको हो ।

गोरखापत्र दैनिकका जिल्ला संवादाता समेत रहेका पत्रकार काफ्लेले प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङलाई उक्त किट हस्तान्तरण गरेको हो ।

पत्रकारहरु कोरोना रिपोटिङका क्रममा प्रत्येक दिन अग्रपंत्तिमा रहेर काम गरिरहेको भन्दै पत्रकारलाई नै राहतको व्यवस्था गरिनुपर्ने माग आईरहेका बेला पत्रकार काफ्लेले आँफै किट सहयोग गरेको छ ।

उनले भने, ‘पत्रकारको पेशा एकातिर छ । तर, देश संकटमा छ । त्यसैले सकेको सहयोग गरेको हँु ।’ यसअघि काफ्लेले अर्जुनचौपारीको विपद व्यवस्थापन कोषमा १० हजार रुपैयाँ सहयोग गरेका थिए ।

जिल्लामा किट अभाव हुँदा यहाँका स्थानीय तहहरुले आफ्नै खर्चमा किट खरिद गरिरहेका बेला जिल्ला विपत कोषमा काफ्लेले गर्नुभएको सहयोग महत्वपुर्ण रहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…