दक्षिण कोरियामा स्याङ्जाका एक जनाको मृत्यु

बोम्जन गुरुङ, दक्षिण कोरिया ।
दक्षिण कोरियामा स्याङ्जाका एक जनाको मृत्यु भएको छ । ईपिएस प्रणली मार्फत रोजगारीको शिलशिलमा दक्षिण आएका बिरुवा गाउँपालिका–५ (साविक किचनास–७) का ३३ वर्षीय खड्का बहादुर थापाको मृत्यु भएको हो ।

किचनास चेप्टे घर भई विगत ७ वर्षदेखि यहाँको ख्यङ्जु शहर नजिकै एक कम्पनिमा उनले काम गर्थे ।

मे ११ गते (वैशाख २९) को नाइट ड्यूटी सकेर १२ मे (वैशाख ३०) बिहान ९ बजेतिर सुतेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनिमा सँगै काम गर्ने साथीहरुले हेर्न जाँदा मृत अवस्थामा फेला परेपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

वैधानिक रुपमा कोरियामा पहिलो कार्यकाल (चार वर्ष १० महिना) पूरा गरेर दोश्रो कार्यकालका लागि उनी कोरिया आएका थिए । उनका परिवामा आमा र दुई दाईहरु छन् । उनी अविवाहित थिए।

उक्त कम्पनीमा उनी सहित ५ जना नेपाली र ३ जना चाइनीज विदेशी कामदारको रुपमा रहेको मृतकका कम्पनी सहकर्मी गोरखाका रुपेश पुडासैनीले बताए ।

मृतक थापाको शव ख्यङ्जु नजिकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र मृतकको शव व्यवस्थापनको बारेमा छिटै परिवारसँग सल्लाह गरिने नेपाली राजदुतावास सउलका कार्यवाहक राजदूत रामसिं थापाले बताए ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट राजधानीको मानसिक स्वास्थ्यबारे भर्चुअल कार्यक्रम सम्पन्न

मिति : २०७८-०४-१६काठमाडौं, मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि रोटर्याक्ट क्लव अफ राजधानी (आर आइ डिष्ट्रिक्ट ३२९२, नेपाल र भुटान)ले मिति २०७८/०४/१६ गते भर्चुअल मानसिक स्वास्थ्य चेतना…

नारायणगढमा संयुक्त रक्तदान कार्यक्रम सम्पन्न

रोटरी क्लब अफ नारायणगढ, रोट्रयाक्ट क्लब अफ नारायणगढ, स्पाउस क्लब अफ नारायणगढ र स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेड सम्युक्त आयोजना र इन्टयाक्ट क्लब अफ वाल्मीकि शिक्षा…

Heel Pain / Plantar Fasciitis /कुर्कुच्चा / पैताला दुखाई र…

रोट्रयाक्ट क्लव अफ सैनामैनाको अध्यक्षमाः भुसाल

रोट्रयाक्ट क्लव अफ सैनामैनाको छैठौ पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । पद हस्तान्तरण कार्यक्रम सन् २०२०-२१ का अध्यक्ष शिशिर पोखरेलले २०२१-२२ का अध्यक्ष प्रज्वल…

Project TO2gether: सिद्दार्थनगर नगरपालिकामा अवस्थित आइसोलेसन सेन्टरलाई अक्सिजन कन्सनट्रेटर सहयोग

रोट्यार्याक्ट क्लब अफ काठमाडौ र रोट्यार्याक्ट क्लब अफ अलुम्नी अफ युनिभर्सिटी अफ मोराटोवाको संयुक्त पहलमा एउटा र रोटरी क्लब अफ काठमाण्डुको सहयोगमा एउटा गरि रोट्यार्याक्ट…