गण्डकी प्रदेश नाकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाव परीक्षणका लागि पोखरा लग्यो

स्याङ्जा । ५ नम्बर प्रदेश र गण्डकी प्रदेश नाका राम्दिमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वाव पिसिआर परीक्षणका लागि पोखरा लगिएको छ ।

नाकामा खटिएका छ जना सुरक्षाकर्मी र चार जना स्वास्थ्यकर्मीको स्वाव शुक्रबार राम्दिमै लिएका थिए ।

नेपाली सेनाका २८ र ३० वर्षीय पुरुष दुई जना, सशस्त्र प्रहरीका ४२ र २७ वर्षीय दुई जना पुरुष, जनपद प्रहरीका ३६ र ३८ वर्षीय पुरुषका स्वाव परीक्षणका लागि शनिवार पोखरा लगिएको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख यामप्रसाद शर्माले बताए।

यस्तै गल्याङ नगरपालिकाका चारजना स्वास्थ्यकर्मीको पनि स्वाव परीक्षणका लागि पोखरा लगिएको छ । ३२ र २७ वर्षीय पुरुष र २८ र १९ वर्षीया महिला स्वास्थ्यकर्मी रहेका छन् ।

प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले फ्रन्टाइनमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको स्वास्थ्यलाई मध्येनजर गर्दै पिसिआर परीक्षण गरिएको बताए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…