गण्डकी प्रदेश भित्रने झलुङ्गे पुलमा काँडेतारको बार

केपी खनाल, गल्याङ । गण्डकी प्रदेश प्रवेश गर्ने दक्षिण तर्फका झलुङ्गे पुलमा समेत काँडेतार लगाइएको छ ।

स्याङ्जाको गल्याङ नगरपालिकामा पर्ने कालीगण्डकी नदिमा रहेका झलुङ्गे पुलहरुमा काँडेतार लगाएर पैदल यात्रु प्रवेशमा समेत रोक लगाइएको हो ।

गल्याङ नगरपालिका वडा नम्बर–१ मालुङ्गाबाट पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर–५ दर्पुग जोड्ने झलुङ्गे पुल र मालुङ्गाबाट पाल्पाको रम्भा गाउँपालिका–१ असेर्दी जोड्ने दुई वटा पुलमा काँडेतार लगाइएको छ ।

नगरपालिका जोड्ने दक्षिण तर्फका अन्य पुलहरुमा पनि काँडेतार लगाउने तयारी भैरहेको गल्याङ नगरपालिकाका प्रमुख भुपराल अधिकारीले बताए ।

‘लुकेर आउनेहरुको तथ्याङ्क संकलन गर्न, पहिचान गरी क्वारेन्टाइनमा राख्न समेत समस्या भएको छ,’ उनले भने, ‘त्यसैले झलुङ्गे पुल बन्द गर्न बाध्य भएका हौं ।’

२४ सै घण्टा सुरक्षाकर्मीको व्यवस्था गर्न कठिन रहेकाले यस्तो उपाय अपनाइएको उनले बताए । लुकिछिपी प्रवेश गर्ने क्रम बढ्न सक्ने भएकाले यस्तो गरिएको उनले स्पष्ट पारे ।

भारतबाट छिरेका व्यक्तिहरु राम्दि नाकाबाट भन्दा अन्यत्र ठाउँबाट प्रवेश गर्दा कोरोना भाइरसको संक्रमण समुदायमा त्रास बढ्न थालेको छ । रुपन्देही जिल्लामा कोरोना संक्रमण बढेको अवस्थामा अझै सचेत हुनुपर्ने अवस्था रहेको रहेका भन्दै गल्याङ नगरपालिकाले आफ्नो नाकामा कडाई गरेको छ ।

भारतबाट आउन सक्ने सम्भावित व्यक्तिहरुको अवस्थालाई मध्यनजर गर्दै दुई दिन अघि बसेको गल्याङ नगरपालिका कार्यपालिका बैठकले पाँच सय बेड क्षमताको क्वारेन्टाइन पाँच ठाउँमा राख्ने निर्णय गरेको थियो ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…