‘धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोना पुष्टि भएको छैन’

परीक्षणका विवरणहरु संकलन गर्दैछौं–मन्त्रालय

काठमाण्डौं । धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरीमा कोरोनाभाइरस संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या प्रवक्ता डा. विकास देवकोटाले बताएको छ ।

उनले अस्पतालमा मृत्यु भएकी सिन्धुपाल्चोककी २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि हो वा होइन विस्तृत विवरण लिइरहेको बताए ।

उनले भने, ‘मृत्यु कोरोनाभाइरस (कोभिड–१९)ले हो वा होइन भन्ने बारे कोभिड सम्बन्धि परीक्षणका सम्पुर्ण विवरणहरु संकलन गर्दैछौं ।’

परीक्षण विवरण संकलन पछि अधिकारिक धारण ल्याउने उनले बताए ।

मृतक महिला गत वैशाख २३ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी थिइन् । २४ गते सामान्य अवस्थामा सुत्केरी भएकी उनी २५ गते सिन्धुपाल्चोक फर्केकी थिइन् ।

गाउँ फर्केपछि ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिने लगायतका समस्या देखा परेपछि उनी स्थानीय अस्पतालमा भर्ना भएकी थिइन । स्वास्थ्य अवस्थामा थप जटिल समस्या पर्दै गएपछि उनी धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् ।

अस्पतालमा पनि उनको मृत्यु कोरोनाभाइरसले भएको भन्ने बारे आधिकारिक धारण व्यक्त गरेको छैन ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…