नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट पहिलो मृत्यु

काठमाडों । नेपालमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् ।

सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीय महिला कोरोनाभाइरसबाट मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले पुष्टि गरेका छन् । मृतकको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको हो । उनी १० दिने सुत्केरी हुन् ।

मृतक महिला गत वैशाख २३ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा भर्ना भएकी थिइन् । भर्ना भएको दोश्रोदिन अर्थात २४ गते नर्मल डेलिभरी भएको थियो । उनले छोरा जन्माएकी थिइन । आमाछोराको स्वास्थ्य अवस्था नर्मल रहेकाले वैशाख २५ गते सिन्धुपाल्चोक फर्केकी थिइन् ।

गाउँफर्के लगतै ज्वरो आउने, श्वासप्रश्वासमा समस्या देखिने लगायतका समस्या देखा परेपछि उनी स्थानीय अस्पतालमा भर्ना भएकी थिइन । स्वास्थ्य अवस्थामा थपसमस्या बढ्दै गएपछि उनी धुलिखेल अस्पतालमा भर्ना भएकी थिइन् । शनिबार दिउँसो धुलिखेल अस्पतालले मृत्यु भएको घोषण गरेको थियो ।

कोरोना संक्रमित मृतक महिलाको शवलाई पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । स्रोतका अनुसार शवलाई विद्युतीय शवदहमा शव जलाइएको हो ।

शनिबार साँझ सम्म कोरोना संक्रमितको संख्या २८१ पुगेको छ । संक्रमित २८० जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…