शिक्षणमा बहुआयमिक अवधारण विषयमा ‘भर्चुअल प्रशिक्षण’

स्याङ्जा । नेल्टा गण्डकी प्रदेशको आयोजनामा ‘शिक्षणमा बहुआयमिक अवधारण विषयमा भर्चुअल प्रशिक्षण’ सम्पन्न भएको छ ।

प्रशिक्षणको पहिलो दिन ‘शिक्षणमा बहुआयामिक विधि’ मा प्रा.डा. अभि सुवेदी, ‘रचनात्मक लेखन’ प्रा.डा. गोविन्दराज भट्टराई, ‘अन्र्तक्रियात्मक साहित्य शिक्षण’ प्रा.डा. जीवलाल सापकोटा,मा ‘भाषा शिक्षणमा आई.सि.टी.’मा, सुमन लाउरीले प्रशिक्षण दिएका थिए ।

दोश्रो दिन र ‘भाषा अध्यापनमा सीपको एकताबद्धता,मा बैशाली प्रधान ‘अन्र्तक्रियात्मक शिक्षणको लागि आई. सि. टी.’मा विश्व गौतम र मिश्रित शिक्षणमा प्राध्यापक कमलराज लम्सालले प्रशिक्षण दिएका थिए ।

तेस्रो दिन ‘बहुआयामिक रणनीतिहरुको उदयःअहिले र पछिको शिक्षकहरुको भुमिका’ विषयमा प्यानल छलफल भएको थियो । प्यानल छलफलमा प्रा. डा. विद्यानाथ कोइराला, प्रा. डा. लवदेव अवस्थी र डा. हरि प्रसाद लम्सालको लगायतको उपस्थिति थियो ।

प्यानलको संयोजन नेल्टा गण्डकीका अध्यक्ष डा. नवराज न्यौपानेले गरेका थिए ।

लक डाउनको अवस्थामा पनि संभव भएका अनेकौं तरिकाको प्रयोग गरि शिक्षण सिकाई गर्न सकिने कुरामा प्यानल छलफलका वक्ताहरुले जोड दिए । लकडाउनको र त्यसपछिको अवस्थामा विद्यार्थीले प्राप्त गर्न सक्ने पाठ्यपुस्तक तथा सन्दर्भ सामाग्रीको स्व अध्ययन गर्नुपर्ने, सम्बन्धित शिक्षकहरुसंग भौतिक दुरी कायम हुने गरि वा फोन वा सोसल मिडिया मार्फत सम्पर्क रहि कक्षा सञ्चालन गर्ने, अनलाईन ढाँचाको प्रयोगमा सजगता अपनाउदै अभ्यास गर्ने, होम स्कुलिङलाई पनि जोड्न सकिने वा महत्व दिने, परीक्षा र नयाँ शैक्षिक सत्रको कक्षा संचालनको बारेमा अधैर्यतापुर्वक तड्पिनु नपर्ने, शिक्षा भन्दा ठूलो जीवन हो भन्ने कुरा सवैले बुझ्नु पर्ने र सोहि अनुसार कार्य गर्ने जस्ता तर्कहरु प्यानलिस्टहरुले सुझाए ।

कार्यक्रमको उद्घाटन् सत्रमा नेल्टाका केन्द्रिय अध्यक्ष मोतिकला सुब्बा देवान, नेल्टा गण्डकीका सल्लाहाकार प्राध्यापक तिर्थराज अर्याल, नेल्टाका केन्द्रिय तालिम संयोजक सरिता देवान बोलेका थिए । नेल्टाका केन्द्रिय कोषाध्यक्ष अशोक सापकोटा र नेल्टाका केन्द्रिय बरिष्ठ उपाध्यक्ष लक्षमण ज्ञवाली लगायतले समापन सत्रमा बोलेका थिए ।

प्रत्येक दिन १७६ जना भन्दा बढि सहभागि रहेका उक्त भर्चुअल प्रशिक्षण कार्यक्रम बैशाख ३० देखि जेठ १ सम्म चलेको थियो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…