गल्याङमा ‘शिक्षक मेरो साथी’ अभियान सुरु

केपी खनाल । स्याङ्जाको गल्याङ नगरपालिकाले ‘शिक्षक मेरो साथी अभियान’ सुरु गरेको छ । गल्याङ नगरपालिका शिक्षा समितिको अगुवाईमा शिक्षक मेरो साथी अभियान सुरु गरेको हो ।

लकडाउनका कारण नगरपालिकाका विभिन्न चार ठाँउमा चार तहमा भएको प्रधानाध्यापकहरुको बैठकले ‘शिक्षक मेरो साथी’ अभियान सुरु गर्ने निर्णय गरेको शिक्षा समितिका सदस्य राजेन्द्रदेब खनालले बताएको छ ।

अभियानले नगरपालिका भित्रका विद्यार्थी तथा अभिभावकहरुसँग निरन्तर सम्पर्कमा रहने, सचेतना जगाउने, नगरपालिकामा पीडितहरु देखिएमा नगरपालिकासँग समन्वय गर्ने, गाराउने लगायतका कार्यहरु उनले बताए ।

यस्तै, स्थानीय उत्पादनमा प्रोत्साहित गराउने, उत्पादित वस्तु विक्री वितरणका लागि नगरपालिकासँग समन्वय गर्ने तथा सबैखाले आवश्यक सहयोगका लागि भुमिका खेल्ने निर्णय पनि बैठकले गरेको छ ।

दुरसञ्चार कम्पनीले दिएको भ्वाइस प्याक लगायतका सुविधाको उच्चतम प्रयोग गर्दै प्रत्येक अभिभावक र विद्यार्थीसँग दैनिक रुपमा समन्वय गर्ने निर्णय पनि भएको छ । लकडाउनको कारण पाठ्यपुस्तक वितरण गर्न समस्या भएको अवस्थामा विभिन्न सामाजिक सञ्जाल तथा आमसञ्चार माध्यमबाट भैरहेका सिकाईका अभ्यासहरुलाई उपयोग गर्न पनि बैठकले अनुरोध गरेको छ ।

नगरपालिकाबाट पाठ्यपुस्तकका लागि बजेट निकासा भएपनि व्यवसायीहरुले पुस्तक खरिद गर्ने अवस्था नभएको भन्दै बैठकले अन्य माध्यमको प्रयोग गर्ने भएको छ ।

यस्तै, बैठकमा पाठ्यपुस्तक, छात्रबृत्ति, शैक्षिक गुणस्तर सुधार, विद्यार्थी लागत अनुदान लगायतमा पनि छलफल भएको छ ।

बैठकमा बोल्दै गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले विद्यालयहरु खोल्ने अवस्था नभएपनि निरन्तर विद्यार्थीको सम्पर्कमा रहन आग्रह गरेका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…