नेपालमा कोरोनाको पछिल्लो तथ्याङ्कः मृत्यु दुई, संक्रमित ३७५

काठमाडौं । नेपालमा कोरोनाभाइरस (कोभिड–१९)बाट संक्रमण हुनेको संख्या ३७५जना पुगेको छ । जसमध्ये ३१६ जना पुरुष र ५९ जना महिला रहेका छन् ।

संक्रमित ३७५ मध्ये दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिला र बाँके नरैनापुरका २५ वर्षीय पुरुष हुन् । महिलाको गत जेठ तीन गते र पुरुषको जेठ चार गते मृृत्यु भएको हो ।

नेपालमा सबैभन्दा बढी संक्रमित संख्या रहेको प्रदेश नम्बर पाँच हो । जहाँ १७१ जना संक्रमित छन् । सबैभन्दा कम संक्रमित भएको प्रदेश कर्णाली प्रदेश हो । कर्णाली प्रदेशमा एकजनामा संक्रमण भएको छ ।

यसैगरी प्रदेश नम्बर १ मा ४३ जना, २ मा १३४ जनामा, ३ मा २८ जनामा, गण्डकीमा ३ जनामा सुदुरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमण भएको छ ।हाल सम्म ३५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

हाल सम्म आइसोलेसनमा ४ सय १३ जना रहेका छन् भने ३६ जना निको भइसकेका छन् । आइसोलेसनमा बस्नेहरु उपत्यका भित्र २० जना र उपत्यका बाहिर ३८६ जना रहेका छन् ।

३० हजार ७ सय ४१ जनामा पिसिआर र ६९ हजार ५ सय ६० जनामा आरडिटि विधिद्वारा परीक्षण गरिएको छ । ३० हजार ३ सय ६६ जनामा पिसिआर विधिद्वारा गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो ।

नेपालभर क्वारेन्टाइनमा बस्नेको संख्या २० हजार ९० जना रहेको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…