गल्याङ नगरपालिकाद्वारा तरकारी आयातबारे अनुगमन

स्याङजा-गल्याङ। बाहिरी जिल्लाबाट तरकारी ल्याउन प्रतिबन्द लगाएको गल्याङ नगरपालिकाले बजारमा तरकारीको अवस्थाबारे अनुगमन गरेको छ ।

गल्याङबजारमा तरकारी आयात तथा विक्रीको अवस्थाबारे अनुगमन गरिएको हो ।

अनुगमनको क्रममा बजारमा बाहिरबाट तरकारी आएको नपाईएको गल्याङ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत इश्वरीप्रसाद पाण्डेले बताए ।

बाहिर (बेजिल्ला)बाट संक्रमणको जोखिम बढि भएको भन्दै नगरपालिकाले हरियो तरकारी तथा कुखुुुरा ल्याउन प्रतिबन्ध लगाएको थियो । रुपन्देही, नवलपरासी, कपिलवस्तु लगायतका जिल्लामा कोरोना संक्रमण बढि भएपछि तरकारी ल्याउन प्रतिबन्ध लगाइएको हो ।

प्रतिबन्धपछि पनि गल्याङ नगरपालिका भित्रका विभिन्न ठाउँमा भएको तरकारी उत्पादनका कारण तरकारी विक्रीमा कुनै समस्या नभएको नगरपालिकाले जनाएको छ ।

बजारमा मुल्यमा केही असन्तुलन भएपनि पहिलेको तुलनामा महङ्गी भने नभएको अनुगमनमा संलग्न रहनुभएका गल्याङ नगरपालिका कृषि शाखा प्रमुख शिब ढकालले जानकारी दिए ।

अनुगमनमा गल्याङ उद्योग वाणिज्य संघका अध्यक्ष यज्ञ अर्याल, गल्याङ चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाट सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता थियो ।

कृषिलाई प्राथमिकतामा दिएको गल्याङ नगरपालिकाले नगरपालिकालाई खाद्य वस्तुमा आत्मनिर्भर बनाउने अभियान अन्तरगत योजना सारेको पनि जनाएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…