मन्त्री र मेयर भन्छन्–कोरोना संक्रमितको मृत्यु भएको हो, अस्पताल भन्छ–होइन

बुधबार बिहान न्यूज२४ का पत्रका शिव डुम्रेले आफ्नो फेसबुक वालमा लेख्छ, ‘दुःखद ! मणिग्रामको क्रिमसन अस्पतालमा उपचाररत कोरोना संक्रमित गुल्मीका शिक्षक निधन । मृतक संख्या तीन पुग्यो ।’

तीन पुग्यो ? आफैलाई सोधेँ ।

केहीबेरमा सञ्चारमाध्यमबाट फरक–फरक शिर्षकमा मृत्यु भएको समाचार आए ।
मैले पत्रकार शिव डुम्रेलाई फोन गरे । उनले भने, ‘मृत्यु पुष्टि गरेको छ । प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले पुष्टि गर्नुभएको हो ।’

मलाई लागेको थियो, ‘स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पुष्टि गरेपछि मात्र समाचार लेखुँला ।’ मन्त्री ज्यूलाई फोन डायल गरेँ । पटक–पटक फोन सम्पर्क गर्न खोज्दा पनि सम्पर्क हुन सकेन । व्यस्त भन्यो ।

समाचार बनाउँ कि के गरुँ, दोधारमा परे ।
फेरि पत्रकार शिव डुम्रेलाई फोन गरेँ । उनले मृत्यु भएको, पुष्टि गरेको दोहा¥यो ।

समाचारका लागि ‘लिड’ तयार भयो ।

एकछिन पछि न्यूज२४ मा तिलोत्तम नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले मृत्युबारे पुष्टि गरे अनि समाचार तयार पारेँ । पोष्ट गरेँ ।

समाचार पोष्ट भएको केही समयपछि केही अनलाइन र सामाजिक सञ्जालमा मृत्युको पुष्टि भएको छैन भन्ने विभिन्न खाले मिश्रित समाचार र पोष्ट देखेँ ।

मन्त्री र मेयरसँग सम्पर्क गर्नुस् भने ।

‘मन्त्रीसँग भएन दाई, मेयरसँग भयो । मेयरसाबले मृत्यु पुनः पुष्टि गर्नुभएको छ,’ शिवजीबाट फेरि मेयरको भनाईलाई उदृत गर्दै मृत्युको पुष्टि गर्यो ।

१२ बजे क्रिमसन अस्पतालबाट अधुरोे र अपुरो प्रेस विज्ञप्ति आयो, ‘गुल्मी मदने गाउँपालिकाका ४१ वर्षीय पुरुषको मृत्यु भएको छैन’ भन्ने आशयको । अस्पतालले कोरोना संक्रमित पुरुषको मृत्यु पुष्टि गरेको छैन ।

तर, मेयर र मन्त्री भन्छन्, कोरोनाबाट मृत्यु भएको, अस्पताल भन्छ, ‘मृत्यु भएको छैन । ’
यस्ताखाले भनाईले बनाएको छ ।

यसअघि कोरोना संक्रमणबाट तेस्रो व्यक्तिको पनि मृत्यु भन्ने समाचारमा अस्पताल स्रोतलाई भर मान्नु र पर्नु पर्नेमा अन्य स्रोतको भरपर्दा तथ्यहिन समाचार प्रकाशित हुनपुगेकोमा दृष्टिलाइभ क्षमाप्रार्थी छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…