२५ जना थपिए कोरोना संक्रमित

संक्रमित संख्या ४२७ पुग्यो

काठमाडौं । बुधबार दिउँसो थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमित संख्या ४ सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप २५ जनामा कोरोनाभाइरस संक्रमण भएको पुष्टि गरेको हो ।

बाँके नरैनापुर गाउँपालिका ५ का १७, २०, २८, ३० र ४० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यस्तै कपिलवस्तुका थप १३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सोही जिल्लाकै महाराजगञ्ज गाउँपालिकाका १० जना पनि संक्रमित पुष्टि भएको छ ।

जसमध्ये तीनजना ३, ४ र ६ वर्षका बालिका हुन् । यस्तै १६, २५ र ३२ वर्षकी महिला र १२, २०, २४ र ३४ वर्षका पुरुषमा संक्रमण देखिएको छ । उनीहरु २२, ३५ र ४८ वर्षीय पुरुष हुन् ।

खजुरा गाउँपालिका ५ का २७ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

यस्तै धनकुटामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षीय पुरुष र २४ वर्षीया महिला हुन् । यस्तै नवलपरासी पश्चिमका एकजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमति सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । उनीहरु सबै चिकित्सक र स्वास्थ्यकर्मीको निगरानिमा छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…