स्याङ्जामा एकजनामा आरडिटी परीक्षण गर्दा पोजेटिभ देखियो, पिसिआर परीक्षण गरिदै

स्याङ्जा । स्याङ्जामा आरडिटी परीक्षणद्वारा कोरोना संक्रमण परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ ।

गल्याङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लिला भण्डरीका अनुसार गल्याङ नगरपालिका वडा नं. ३ का ३८ वर्षीय पुरुषमा आरडिटी परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

उनीसँगै अन्य १० जना भारतबाट केही दिन पहिला नेपाल आएको पुष्टि भएको छ । उनीहरु सबैको बुधबार गण्डकी प्रदेश नाका राम्दीमा आरडिटी परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।

उनी स्थानीय मिलन आधारभूत विद्यालयको क्वारेन्टाइनमा रहेको नगरपालिकाले जानकारी दिएको छ । उनको आजै पिसिआर परीक्षणका लागि तयारी भैरहेको स्वास्थ्य शाखा प्रमुख भण्डरीले बताए ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…