मन्त्री पद्मा कुमारी अर्यालद्वारा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिलाई नेपालको नयाँ नक्सा हस्तान्तरण (तस्बिर सहित)

काठमाडौं । नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले नेपालको अद्यायावधि नक्सा राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट व्यक्तिहरुलाई हस्तान्तरण गरेकी छन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको तर्फबाट मन्त्री अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति नन्दकिशोर पुनलाई नेपालको नयाँ नक्सा हस्तान्तरण गरेकी छन् ।

त्यसैगरी मन्त्री अर्यालले नेकपाका अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई, प्रतिनिधिसभाका सभामुख अग्नी सापकोटा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनालाई पनि नयाँ नक्या हस्तान्तरण गरेकी छन् ।

गत जेठ ४ गते बसेको मन्त्री परिषदको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको भुभाग समेटिएको नेपालको नयाँ नक्सा स्वीकृत गरेको थियो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी सहितको नयाँ नक्सा गत जेठ ७ गते नेपालको सरकारको तर्फबाट मन्त्री पद्मा कुमारी अर्यालले सार्वजनिक गरेकी थिइन् ।

नयाँ अद्यावधिक नक्सामा ७५३ वटा स्थानीय तह समावेश गरिएको छ । साथै नेपालका अन्तराष्ट्रिय सीमानाहरु पनि समेटिएको छ ।

तस्बिर मन्त्री ज्यूकाे सचिवालयबाट ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…