लकडाउनको मौका छोपी अवैध बालुवा उत्खनन् गर्ने पक्राउ

स्याङ्जा । देश कोरोनाभाइरसको त्राही–त्राही रहेको अवस्थामा यहाँको आँधीखोलामा अवैध बालुवा उत्खनन् कार्यले तीव्रता पाएको छ ।

शनिबार पुतलीबजार नगरपालिका वडा नं. १० मा पर्ने आँधीखोला (लामपाटा)मा अवैध रुपमा बालुव ट्याक्टरमा लोड गरीरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय स्याङ्जाले चारवटा ट्याक्टर नियन्त्रणमा लिएका छन् ।

प्रहरीले बालुवा लोड गरिरहेको अवस्थामा ग१त ५९०३, ग१त ४७६६, ग१त ५७४० र ग१त ४२०९ नम्बरको ट्याक्टर र ट्याक्टर चालक र सहचालक नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख विमलराज कणेलले बताए ।

नियन्त्रण लिएका ट्याक्टर, चालक र सह–चालकलाई कार्वाहीका लागि पुतलीबजार नगरपालिकामा पठाउने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…