३२ जना कोरोना संक्रमित थपिए

संक्रमित संख्या ५४८ पुग्यो

काठमाडौं । ३२ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिकुमार अधिकारीले शनिबार बिहान ३२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । यो सँगै नेपालका कोरोना संक्रमितको कुल संख्या ५४८ जना पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा गरिएको परीक्षणमा कपिलवस्तु वाणगंगा नगरपालिकाका १७, १९, २२, २९, ३५, ४०, ४२ वर्षीय पुरुष र २७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी सर्लाही गोडैता र कविलासी नगरपालिकाका १८, २०, २०, २०, २१, २२, २३, २६, २६, २८, ३३, ३५, ३५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । यस्तै बाराका ३७ वर्षीया महिला र काठमाडौंका ३५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि मन्त्रालयले जनाएको छ । उनीहरुको कोरोना परीक्षण काठमाडौंमा गरेको थियो ।

प्रादेशिक जनस्वास्थ्य भैरहवामा परीक्षण गरिएको परीक्षण रुपन्देही गैडहवा र रोहिणी गाउँपालिका २०, २०, २४, २४, २७, ३०, ३० र ५५ पुरुष कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ ।
उता भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका ५२ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

संक्रमित सबै स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानिमा रहेको मन्त्रालयले जनाएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…