१९ जना थपिए कोरोना संक्रमित, संक्रमित संख्या ६०३ पुग्यो

स्याङ्जा । १९ जना कोरोना संक्रमित थपिएको छ । योसँगै नेपालमा कोरोना संक्रमित संख्या ६०३ पुगेको छ ।

नेपाल सरकारद्वारा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता विकास देवकाटाले आइतबार थप १९ जनामा कोरोना संक्रमण पुष्टि गरेका हुन् ।

मोरङ बारदशी २ का ४५ वर्षीय पुरुषका प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएकोकम छ ।

बाराको कलैयाका ३२ वर्षीय पुरुष, पर्साको वीरगन्जका २५ वर्षीय पुरुष, पर्सा (बारा बस्ने) कार्यरत ३४ वर्षीय पुरुष, पर्साकै ६० वर्षीय पुरुष, रौतहट (बारा कलैया) बस्ने ३२ वर्षीय पुरुष, सर्लाहीका ४८ वर्षीय पुरुष, रुपन्देहीका ३२, ४० र ५० वर्षीय पुरुषमा पनि कोरोना संक्रमण भएको मन्त्रालयले पुष्टि गरेको छ ।

यसैगरी काठमाडौंको सोह्रखुट्टेका ६९ वर्षीय पुरुष र नुवाकोटको ककनीका ३९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ ।

उनीहरु सबैको कोरोना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो ।

कपिलबस्तुका ३५, ३७ र ५२ वर्षीय ३ जना पुरुषमा पनि कोरोना पुष्टि भएको छ । रुपन्देहीका २३, ३३ र ४० जना पुरुष र गुल्मीका ३१ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनीहरु सबैको कोरोना परीक्षण प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको हो ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…