एसईई विद्यार्थीका लागि सरकारले छिट्टै ठोस निर्णय गर्छ–प्रधानमन्त्री

स्याङ्जा । प्रधानमन्त्री केपी शर्मा ओलीले एसईई विद्यार्थीका लागि सरकारले छिट्टै ठोस निर्णय गर्ने बताएका छन् ।

सोमबार अपरान्ह राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, ‘लाखौं विद्यार्थीको भविष्यलाई अन्यौलमा राख्ने काम सरकारले गर्नेछैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगै छलफल गरेर छिट्टै निर्णय गछौैं ।’

विश्व कोरोना कहरले थिलिएको अवस्थामा सबैलाई रचनात्मक सहयोगका लागि प्रधानमन्त्री ओलीले आग्रह गरे । कोरोना संक्रमणबाट बच्न सामाजिक दुरी कायम गर्न उनले आफ्ना नागरिकलाई आग्रह गरेको थियो ।

‘सरकार नागरिकप्रति उत्तरदायी छ । नागरिकको स्वास्थ्य र जीवनभन्दा अरु केही होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकारले गरेको पहललाई निश्चिन्ता रहन आग्रह गर्दछु ।’ विदेशबाट फर्किन चाहने नागरिकका लागि सम्बन्धित राष्ट्र प्रमुख वा प्रतिनिधिसँग गम्भीर संवाद भैरहेको प्रधानमन्त्रीले बताए ।

कोरोना कहरमा विदेशबाट फर्केका आम नागरिकलाई सरकारले कोरोना रोकथाम सम्बन्धि बनाएको मापदण्ड पालना गर्न समेत उनले आग्रह गरे ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…