थप ९० जनामा कोरोना संक्रमण पुष्टि, ७७२ पुग्यो संक्रमित संख्या

स्याङ्जा । मंगलबार थप ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोनाभाइरसबाट संक्रमण हुनेको संख्या ७७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बताएका छन् ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

महोत्तरी मनरा गाउँपालिका वडा नं. १० का ३० र ३५ वर्षीय पुरुष र बाराका १९, ३० र ३५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ । यस्तै जुम्ला घर भई (हाल बारा) बस्दै आएका ३५ र ३६ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

रौतहटमा २२ संक्रमित थपिएका छन् । गौरनगरपालिकाका ७ जना, रौतहटका देवाही गोनाही नगरपालिका ६ जना, राजदेवी नगरपालिकाका र गडुरा नगरपालिकाका एक एकजनामा संक्रमण देखिएको छ ।

सिराहाको नवराजपुर गाउँलिकाका १८ वर्षीय पुरुष र भगवानपुर गाउँपालिकाको ४ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकाका २२ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तुको यशोधरा गाउँपालिका १, २ र ८ का २४ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितमध्ये दुई वर्षकी बालिकासमेत छिन् ।

बाँकेमा ८ जनामा संक्रमण देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २ का २२ वर्षीय पुरुष, डडुवा–१ का २० वर्षीय पुरुष, डडुवा–२ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्ती सोनारी–३ का ४६ वर्षीय पुरुष, , राप्ती सोनारी–९ का ३८ वर्षीय पुरुष र बैजनाथ–३ का ३० रहेका छन् ।

रुपन्देहीमा ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कपिलवस्तु मायादेवी वडा नं. ७ का २२ र ५० वर्षीय पुरुष रहेका छन् ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकाका १९ र ४३ वर्ष वर्षीय पुरुष, गुल्मी धुर्कोटका २ २२ वर्षीय पुरुषमा पनि संक्रमण देखिएको छ ।

कैलाली र अछामका एकएक जनाको रिपोर्ट पोजेटिभ आएको छ । यस्तै स्याङ्जा वालिङका २० र २९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

यसैगरी सुर्खेतमा १२ जनामा कोरोना संक्रमण देखिएको छ । जसअनुसार वीरेन्द्रनगरका ८ जना रहेका छन् । त्यसैगरी भेरी गंगाका १६ र १७ वर्षीय पुरुष, सिम्टाका ३५ र ४९ वर्षीय पुरुष रहेका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…