स्याङ्जामा जबरजस्ती करणीबाट सात महिनाको गर्भ रहेको खुलासा

स्याङजा । यहाँको एक स्थानीय तहमा जबरजस्ती करणी गर्दा एक जना महिला गर्भवती भएको खुलासा भएको छ ।

अर्जुनचौपारी गाउँपालिकाका ४० वर्षीय पुरुषले सोही ठाउँ बस्ने १९ वर्षीया महिलालाई जबरजस्ती करणी गर्दा महिलाको पेटमा सात महिनो गर्भ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख एसपी विमलराज कणेलले बताएका छन् । महिला र पुरुष नाताले दाजुबहिनी भएको एसपी कणेलले बताए ।

महिलाको नियमित महिनावारी रोकिएपछि घट्ना बाहिर आएको प्रहरीले जनाए । महिलाको भनाई उदृत गर्दै प्रहरीले भने, ‘मेरो रजस्वला रोकियो । एकदुई महिना हुदै सात महिना बित्यो । पेट बढ्दै गएपछि गर्भवती भएकी थाहा पाए ।’

गर्भवती भएको थाहा भएसँगै महिलाले पुरुषलाई पक्राउ गरी कार्वाहीका जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।

जबर्जस्ती करणीको आरोप लागेका पुरुष जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेका छन् । पुरुषले आफ्नै घरको कोठामा जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…