स्याङ्जामा दुईजनामा कोरोना संक्रमण पुष्टि

स्याङजा । स्याङजामा दुईजनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य गण्डकी प्रदेश पोखराको प्रयोगशालामा गएिको परीक्षणमा वालिङ नगरपालिकाका २० र २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले पुष्टि गरेका छन् । संक्रमित दुवैजनालाई जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको शर्माले बताए ।

गत जेठ १० गते ९ जना र ११ जनाको दुई समुहगरि २० जना भारतबाट वालिङ आएका थिए उनीहरु सबैको कोरोना परीक्षणका लागि स्वाव हिजो पोखरा लगिएको थियो ।

संक्रमित दुईजना नौजनाको टोलीमा आएका हुन् । अन्य सबैको परीक्षण रिपोर्ट नेगेटिभ देखिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

संक्रमित दुईजनासँगै क्वारेन्टाइनमा बसेका अन्य आठजनाको पुनः स्वाव परीक्षण गरिने वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँणले बताए ।

संक्रमित दुवैजना भारतको गाजियावादबाट आएका हुन् । वालिङ नगरपालिकाको सहयोगमा उनीहरु आएका हुन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…