गंगाबहादुर क्षेत्रीलाई स्याङजाकाे सिडि‌ओ बनाउने गृह मन्त्रालयकाे निर्णय

स्याङ्जा । गृह मन्त्रालयले स्याङ्जामा नयाँ सिडिओ पठाएको छ । मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सिडिओ)मा गंगाबहादुर क्षेत्रीलाई पठाएको छ ।

मन्त्रालयको बुधबार निर्णय अनुसार दाङको इलाका प्रशासन कार्यालयका प्रमुख रहेका वरिष्ठ उपसचिव क्षेत्रीलाई सिडिओमा पठाइएको हो । उनी यहाँकै स्थानीयवासी हुन् । आँधीखोला वडा नं. ५ सेतीदोभान निवासी हुन् ।

यसअघि उनले संखुवासभा र मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारी र काठमाडौं र कास्कीको सहायक प्रमुख जिल्ला अधिकारी भएर काम गरिसेका छन् । लामो समय गृह मन्त्रालय अन्तर्गत कार्य अनुभव सम्हालेका उनलाई अनुभवी प्रशासक मानिन्छन् ।

तात्कालिक सिडिओ रामबहादुर कुरुम्बाङलाई बाँकेको प्रमुख जिल्ला अधिकारीमा सरुवा गरेसँगै स्याङ्जा रिक्त रहेको थियो । काेराेना महामारी आक्रमक रुपमा फैलिएपछि थप जिम्मेवारी सहित गृह मन्त्रालयले उनलाई बाँके सरुवा गरेकाे हाे ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…