चलचित्र पत्रकार संघ कास्की र पोखरा नेपाल–यूके फाउन्डेसन आहतमा राहत बाँड्दै

पोखरा । चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाले पोखरा आसपासका एकसय परिवारलाई खाद्यान्न वितरण गरेको छ । ‘पोखरा नेपाल–यूके फाउन्डेसन’को आर्थिक सहयोगमा करिब तीन लाख रुपैयाँ बराबरको अत्यावश्यक खाद्यान्न सामाग्री वितरण गरिएको हो ।

लकडाउनले दैनिक ज्यालादारी गर्न नपाएका मजदुरका परिवारलाई खाद्यान्न वितरण गरिएको चलचित्र पत्रकार संघ, कास्की शाखाका अध्यक्ष अरुण गिरीले जानकारी दिए । उनले भने, ‘अत्यन्तै समस्यामा परेका परिवारको पहिचान गरि घरमै गएर राहत वितरण गरेका हौं ।’ राहत वितरण कार्यमा आर्थिक सहयोग गर्ने पोखरा नेपाल–यूके फाउन्डेसनलाई उनले धन्यवाद दिएका छन् ।

‘यो समयमा चलचित्र क्षेत्र पनि निकै प्रभावित छ, यद्यपि समस्या सबैतिर उस्तै छ,’ अध्यक्ष गिरीले भने, ‘हामीले मानवीयताको हिसाबले कुनै क्षेत्र नतोकी राहत वितरण गरेका हौं ।’ राहत वितरण कार्यले समाजसँग अझै नजिकिने अवसर मिलेको उनको तर्क छ । संघले स्थापना कालको छोटो अवधि विभिन्न रचनात्मक कार्यहरु गर्दै आइरहेका छन् ।

राहत वितरणका लागि ‘पोखरा नेपाल–यूके फाउन्डेसन’ यूकेका तर्फबाट जगत गुरुङ र भीम महेन्द्र गुरुङले आर्थिक संकलनको नेतृत्व गरेका थिए । उनीहरुले आहतमा राहत वितरण गर्ने उद्देश्यले लगभग दुईसय ४० जनासँग आर्थिक संकलन गरेको थियो ।

‘अहिले विश्व नै विपद्मा छ । नेपालमा पनि त्यसबाट अछुतो रहन सकेन,’ यूकेबाट जगत र भीम महेन्द्र गुरुङले एकै स्वरमा भने, ‘नेपालीहरु समस्यामा पर्दा विदेशिएका हामी नेपालीलाई अझै बढि दुख्छ । त्यसैले हामीले सानो भएपनि सहयोगी हात बढाएका हौँ ।’

कोरोना कहरमा आफ्नो संस्थालाई पनि उपस्थित हुने अवसरमा दिएकोमा चलचित्र पत्रकार संघलाई उनीहरुले संस्था र व्यक्तिगत तर्फ धन्यवाद दिए ।

चलचित्र पत्रकार संघ र ‘पोखरा नेपाल–यूके फाउन्डेसन’ वीच समन्वय फिल्मकर्मी प्रकाश गुरुङ ‘काश’ ले गरेका हुन् । यस्तै राहत वितरणलाई गायक गौतम गुरुङ र गुरुङ फिल्मकी नायिका उर्मिला गुरुङले सहजीकरण गरेका थिए ।

‘पोखरा नेपाल–यूके फाउन्डेसन’ले पोखरा र आसपासका क्षेत्रमा विपद्मा रहेका थुप्रै परिवारलाई सहयोग गरिसकेको छ । यसअगाडि संस्थाले जक्शन ग्रुप प्रालि, पोखरा साँगीतिक कलाकार संघ र मेरो साथी टिभीमार्फत सहयोग गरिसकेको छ । हालसम्म संस्थाले कुल १३ लाख रुपैयाँ बराबरको सहयोग गरिसकेको छ । जसबाट चार सय ५० परिवारका करिब दुईहजारएकसय जना लाभवन्तित भैसकेका छन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…