कोरोना इपिसेन्टर बन्दै प्रदेश दुई

कुन प्रदेशमा कति संक्रमित तथ्याङ्क सहित

स्याङ्जा। विश्वमाकोरोना कहर दिनाहुँ अपत्यारिलो गतिमा बढ्दै गएको छ । नेपालमा पनि कोरोना महामारीबाट अछुतो छैन । कोरोना संक्रमणबाट छजनाको ज्यान गैसकेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ जना पुगेको छ ।

नेपालमा सबैभन्दा कोरोना संक्रमण प्रदेश नम्बर दुईमा फैलिएको छ । उक्त प्रदेशमा कोरोना संक्रमितको संख्या ४९० पुगेको छ । प्रदेश नम्बर दुईको बाँके जिल्लालाई नेपालको कोरोना इपिसेन्टरको रुपमा हेर्न थालिएको छ ।

यसैगरी गण्डकी प्रदेश जम्मा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अन्य प्रदेशको तुलनामा गण्डकी प्रदेशमा कम संक्रमितहरु छन् ।

प्रदेश नं. पाँचमा ४३३ जनामा कोरोना संक्रमित छन् । प्रदेश पाँचको कपिलवस्तुमा सबभन्दा धेरै संक्रमित रहेका छन् ।

प्रदेश नं. १ मा १५७ जना कोरोना संक्रमित रहेका छन् ।

यसैगरी कर्णालीमा ४७ जना, बागमतीमा ४४ जना, सुदूरपश्चिम प्रदेशमा २१ जना कोरोना संक्रमण भएको छ ।

नेपालमा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेहरुको संख्या छजना पुगको छ । कोरोना सक्रमणबाट पहिलो ज्यान गुमाउने सिन्धुपाल्चोकी २९ वर्षीया महिला हुन् । उनी १० दिनको सुत्केरी थिइन् ।

त्यस्तै कोरोनाबाट पछिल्लो ज्यान गुमाएका व्यक्ति अर्घाखाँचीका हुन् । उनी भारतबाट घर फर्किदै गर्दा सीमानामा मृत्यु भएको हो ।

निको भएर घर फर्कनेहरु २०६ जना रहेका छन् भने आइसोलेसनमा एकहजार जनाले उपचार गराइरहेका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…