बाँकेमा मिनिबस दुर्घटनामा १२ जनाको मृत्यु, २२ घाइते

बाँके । बाँकेमा राप्तीसोनारी गाउँपालिकास्थित पूर्वपश्चिम राजमार्गमा गएराति भएको सडक दुर्घटनामा १२ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।

भारतबाट घर फर्केक नागरिकलाई लिएर नेपालगञ्जदेखि सल्याउन जाँदै गरेको ना५ख ५९९५ हायस गाडी रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकम ठोक्किएर दुर्घटना भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा ११ जनाको घट्नास्थलमै मृत्यु भएको थियो भने एकजनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते २२ जनाको भेरी अस्पतालमा उपचार भैरहेको छ । मृतकको लास पनि भेरी अस्पतालमै राखिएको छ । उनीहरुको सनाखत काम भइरहेको प्रमुख जिल्ला अधिकारीले बताए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…