युवा संघ नेपाल गल्याङ नगर कमिटीद्वारा आर्थिक सहयोग

गल्याङ, स्याङ्जा । राष्ट्रिय युवा संघ नेपालमा गल्याङ नगर कमिटीद्वारा कोरोना कोरोना कोषमा रकम जम्मा गरेको छ । गल्याङ नगरपालिकाले स्थापना गरेको ‘प्रकोप व्यवस्थापन राहत कोष’मा युवा संघद्वारा नगद ११ हजार रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।

मंगलबार राष्ट्रिय युवा संघ नेपाल गल्याङ नगर कमिटीका अध्यक्ष ललित थापामगरले नगरप्रमुख भुपराज अधिकारीलाई सो रकम हस्तान्तरण गरेका हुन् ।

युवा नेता थापाले कोरोना कोषमा मात्रै होइन अन्य नैतिक, भौतिक तथा रचनात्मक सहयोगमा लागि युवा संघ नेपाल तयार रहेको बताए ।

रकम ग्रहण गर्दै नगरप्रमुख अधिकारीले भने, ‘आहतका लागि राहत व्यवस्थापनका लागि युवा संघलाई धन्यवाद ।’ उनले विपदमा सबै मिलेर सामना गर्नुपर्ने उनले बताए ।

कोषमा जम्मा रकम कोरोनाबाट समस्यामा परेकाहरुको उद्दार र राहतमा खर्च गरिदै आएकाे छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…