प्रगतिशील गीत ‘कामी दाईको छोरो’ ए…साइली !

स्याङ्जा । प्रगतिशील गायक खेम सेञ्चुरीको ‘कामी दाईको छोरो’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । बिहीबार साँझ गायक सेञ्चुरीले आफ्नै युट्यूब च्यानल ‘खेम सेञ्चुरी’ मार्फत उक्त गीतको भिडियो सार्वजनिक गरेका हुन् ।

‘कामी दाईको छोरो’ ए… साइलीले समाजको यथार्थ बोकेको छ । गायक सेञ्चुरी भन्छन्, ‘कामी दाईको छोरो’ ए साईली एउटा गीत मात्रै होइन, समाजको एक यथार्थ चित्रण पनि हो ।’ समाजमा हुने वर्ग र वर्ण भेदलाई सो गीतमा चित्रण गरिएको छ । तर, गीतमा प्रयोग गरिएका शब्द कुनै जात, वर्ग, धर्म र लिङ्गलाई अपमान गर्ने मनसाय आफूहरुको नरहेको उनले स्पष्ट पारे ।

‘छुवाछुत विरुद्ध जागरणका लागि समर्पित गीतले सामाजिक चेतनासँगै मानसिक परिवर्तनमा सघाउ पुग्ने विश्वास लिएका छौं,’ सो गीतका गायिका शान्तिश्री परियारले भनिन्, ‘गीतले सभ्य र असल समाज निर्माणमा गीतले कोशेढुङ्गा सवित गर्नेछ ।’ गीतले समाजको वास्तविक चित्रलाई उतारेको उनले बताइन् ।

गीतमा गायक खेम सेञ्चुरी र शान्तिश्री परियारले स्वर दिएका छन्् । लय, शब्द अनिश दवाडीको रहेको छ भने संगीत संयोजन विनोद बाजुरालीले गरेका हुन् ।

म्यूजिक भिडियाे छायाँङ्कन् सुरेश श्रेष्ठ, सम्पादन विष्णु शर्मा र निर्देशन प्रकाश भट्टले गरेका हुन् । भिडियोको निर्माण मनिषा तामाङ र रिना मेचेले गरेकी हुन् ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…