वालिङ नगरपालिकाद्वारा स्थापित ‘काेभिड-१९ राहत कोष’ मा ४० लाख ४३ हजार संकलन

तोलाकान्त बगाले, वालिङ। वालिङ नगरपालिकाले स्थापना गरेको ‘वालिङ नगरपालिका कोभिड-१९ राहत कोष’ मा आजसम्म रु. ४० लाख ४३ हजार २ सय १० संकलन भएको छ ।

वालिङ नगरभित्रका १४ वटै वडामा काेराेनाभाइरस (कोभिड-१९) को संक्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिकहरु सिमान्तकृत, गरीब, दैनिक ज्यालादारी, गुजारा ब्यवसाय र सडक जीवन बिताईरहेकाहरुलाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषमा नगद तथा जिन्सी गरी रु. ४० लाख ४३ हजार २ सय १० संकलन भएको वालिङ नगरपालिकाले जनाएको छ ।

नगरपालिकाको राहत कोषमा नगद २९ लाख ८३ हजार ३ सय ९५ र खाद्यान्न तथा जिन्सी १० लाख ५९ हजार ८ सय १५ गरी कूल रु. ४० लाख ४३ हजार २ सय १० संकलन भएको हो ।

शुक्रबार कोषमा कडेल गाउँ आमा समूह वालिङ ८ द्वारा १२ हजार, कटौंजे आमा समूह वालिङ ८ द्वारा १२ हजार ५ सय, सुर्कौदी आमा समूह वालिङ ९ द्वारा १० हजार ५ सहयाेग प्राप्त भएकाे छ । यस्तै जगतबहादुर विक कुवेतबाट ५ हजार, दीर्घनारायण सुबेदीबाट ५ हजार ४ सय ५४, सविता पंगेनी वालिङ ९ बाट ५ हजार, डिप्रोक्स लघुवित्त वित्तीय संस्था वालिङ शाखाबाट २५ हजार बराबरको खाद्यान्न, नमूना फूलबारी वालिङ शाखाबाट १५ हजार सहयोग गरेका छन् ।

वालिङ नगरपालिकाको कोभिड १९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं. ०८३००१०६८३३२६७०००००१ मा ईच्छुक संघ संस्था तथा ब्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…