कोरोना संक्रमणबाट वालिङका एकजनाको मृत्यु

पाेखरा। कोरोना संक्रमणबाट वालिङका एकजना पुरुषको मृत्यु भएको पुष्टि भएको छ । प्रादेशिक स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोद विन्दु शर्माले वालिङ नगरपालिका वडा नं. ३ का ६० वर्षीय पुरुषको कोरोनाभाइरस (कोभिड–१९) बाट पोखरामा मृत्युभएको पुष्टि गरेका छन् ।

मृतकमा हिजौ मात्रै कोरोना संक्रमण पुष्टि भएसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखराको आइसोलेसनमा भर्ना भएका थिए ।

मृतकको ट्राभल हिस्ट्री
उनी गत जेठ २१ गते राति भारतको नौएडाबाट वालिङ आएका हुन् । वालिङ आएसँगै स्वास्थ्यमा समस्या देखेपछि २२ गते बिहान पोखरा पठाइएको वालिङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कमल पाण्डेले बताए । मृतक र उनका श्रीमति सुनौलीबाट वालिङ आएको नगरपालिकाले जनाएको छ ।

उनलाई मृगौला, सुगर, उच्चरक्तचाप, दम लगायतको रोग समेत रहेको पाेखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…