सांसद गिरीलाई पार्टीको निर्देशन–‘संशोधन प्रस्ताव फिर्ता गर, नत्र कारबाही हुन्छ’

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा संसदमा दर्ता गरेका संविधान संशोधन प्रस्ताव फिर्ता लिन पार्टीले निर्देशन दिएको छ ।

बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञाप्ति जारी गर्दै सांसद गिरीलई संसदबाट संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् । सो प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने विज्ञप्तिमा उल्लेख छ ।

गिरीले बुधबार संसदमा संविधान संशोधन प्रस्तावलाई खारेज गर्न माग गर्दै अर्का संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन् । संविधान संशोधन सम्बन्धी विषयमा सबै दलले सैद्दान्तिक सहमति जनाएको अवस्थामा गिरीले भने एकल रुपमा पार्टीको निर्णय विपरीत संशोधन प्रस्ताव दर्ता गराएकी हुन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…