गल्याङ बजार एक हप्ता बन्द हुने

गल्याङ । स्याङ्जाको गल्याङ बजार पुर्ण रुपमा बन्द हुने भएको छ । गल्याङ नगरपालिकामा सरोकारवालाहरुसँग शुक्रबार बसेको बैठकले गल्याङ बजार बन्द गर्ने निर्णय गरेको हो ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न अत्यावश्यक बाहेक सम्पूर्ण पसलहरु बन्द गर्ने निर्णय गरेको हो । तर, औषधी पसल, दुध डेरी र तरकारी पसल भने खुल्ने नगरपालिकाले जनाएको छ ।

नगर प्रमुखको कार्यकक्षमा बसेको बैठकले कोरोना संक्रमण समुदाय स्तरमा फैलने क्रममा रहेको निष्कर्ष निकाल्दै बजार बन्द गर्ने निर्णय गरेको गल्याङ नगरपालिका प्रमुख भुपराज अधिकारीले जानकारी दिएको छ ।

उनले भने, ‘अहिले अरु अन्य विषयमा अल्झिने समय होइन, सबै एकजुट भएर कोरोना विरुद्व लडौं ।’

गल्याङ नगरपालिकाका नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्षहरु, गल्याङ चेम्बर अफ कमर्स, गल्याङ उद्योग वाणिज्य संघ तथा कालिगण्डकी यातायात समितिका प्रतिनिधि र सुरक्षाकर्मी संयुक्त बैठकले बन्द गर्ने निर्णय गरेको हो ।

खाद्यान्नका सवारी साधन समेत बन्द हुन भएको छ । नगरवासीको स्वास्थ्यलाई आफुले पहिलो प्राथमिकता दिएको भन्दै नगरप्रमुख अधिकारीले सुरक्षित र सचेत रहन सम्पूर्ण नगरवासीलाई अपिल गरेका छन् । कोरोना संक्रमणको जोखिम फैलने क्रममा रहेको भन्दै उहाँले आत्मबल बढाएर रोग विरुद्व सबैले एकताबद्व हुने समय आएको उनले बताए ।

आज बिहान मात्रै गल्याङका १६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरु गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका थिए हुन् । क्वारेन्टाइनमा खटिने स्वयम्सेवकमा पनि संक्रमण देखिएपछि नगरपालिकाले अझै बढि चासो देखाएको हो । गल्याङमा कोरोना संक्रमित संख्या १८ जना पुगेको छ ।

साथै अर्को सूचना प्रकाशित नभएसम्म नगर कार्यपालिका समेत बन्द हुने गल्याङ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।

भर्खरै प्रकाशित

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीद्वारा बालगृहमा रात्रीभोज

रोट्रयाक्ट क्लब अफ सेन्ट्रल लुम्बिनीले आइतबार लुम्बिनीरोडस्थित सिद्धार्थ बाल गृहमा रात्री भोज कार्यक्रम गरेको छ । जनपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा बालगृहमा उक्त कार्यक्रम गरिएको…