दिनको भोक, रातको निद्रा छैन जसको, छ त मात्र नागरिकको चिन्ता (फाेटाे फिचर)

भोक, प्यास, तिर्खा, थकाई र निद्रा थाहा छ । घरमा साँझ–बिहान उसको लागि पनि खाना पाक्छ । तर, दिनको भोक, रातको निद्रा छैन जसको, छ त केवल नागरिकको चिन्ता मात्रै । आफू, परिवार भन्दा नागरिकको स्वास्थ्य बारे चिन्ता, डर अनि पिरलो छ–वालिङ नगरपालिकाका प्रमुख दिलीप प्रताप खाँणलाई ।

बिहान उठ्ने र राति सुत्नेको टुङ्गो छैन । लगभग तीन महिना पुग्यो–श्रीमती, छोरा र छोरीसँगै खाना खाएकोे छैन । छोरासँग घरीघरी भेट हुँदो हो । आफूलाई अनुकुल हुँदा कार्यालयमै खान मगाउछन् छोरासँग । छोराले दर्शन बाहेक केही पाउँदैनन् । घरायसी कुरा त धेरै कोशको कुरा भयो ।

वालिङ नगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएपछि उनको व्यस्त जीवन सुरु भएको भने पक्कै होइन । यस अघि सामाजिक र राजनीतिक जीवनमा व्यस्त थिए । नेपाली कांग्रेस नगर सभापतिको जिम्मेवारी लगायत विभिन्न सामाजिक संघ–संस्थामा आबद्द थिए, छन् ।

कोरोना कहरले विश्वालाई अक्रान्त बनाइरहेको छ । विश्वका हरेक नागरिक त्राही–त्राही छ, कोरोनााभाइरस (कोभिड–१९) सँग । त्यही कोरोना कहरले यहाँको स्थानीय सरकार प्रमुखको हैसियत सबैभन्दा त्रास, डर, जिम्मेवारी र दायित्व भोकाएको छ, नगरप्रमुख खाँणलाई । कोरोना कहरबाट आफ्ना नागरिकलाई सुरक्षित कसरी राख्ने भने ध्याउन्न छ भने आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम बनाउने माचो पनि । त्यसैले त उनलाई भोक, प्यास, निद्रा केही छैन–नगरवासी र नगरपालिकाको मात्रै चिन्ता छ ।

नगर प्रमुख खाँणले भने, ‘विकास निर्माणका काम आउने वर्षहरुमा गरौंला । अहिले नागरिकको जीवनलाई उच्च प्राथमिक दिऔं । नागरिक रहे हामी रहन्छौं । वहाँहरु नै नरहे हामी कसरी रहुँला ?’ उनले राष्ट्रियता भनेको आफ्ना नागरिक (जनता) र जमिन भएको बताए । देशविदेशबाट आफ्ना नागरिक घर आउछु भनेर रोए, कराएको कुराले आफूलाई झनै दुःखी बनाएकाले नागरिक ल्याउने गरेको उनले बताए ।

केन्द्र र प्रदेश सरकारले यो ग¥यो त्यो ग¥यो वा गरेन भन्ने भन्दा पनि आफ्ना नागरिकको बारेमा पूर्ण जिम्मेवारी बहन गर्दै आएका छन्, उनले । ‘नागरिकले आफ्नो जन्मभूमि फर्किन पाउँनुपर्छ,’ नगर प्रमुख खाँणले भने, ‘केन्द्र र प्रदेश सरकारसँग समन्वय र सहकार्य गर्दा धेरै ढिलो भैसकेको हुन्छ । त्यसकारण हामीले आफ्नै तरिकाले ल्याएका छौं, ल्याउनेछौं ।’ कोरोना संक्रमणसँग डराएर होइन, आत्म दह्रो बनाएर लाग्नुपर्ने उनको तर्क छ ।

उनी नगरपालिकाले सबै क्वारेन्टाइनमा हरेक दिन पुग्छन् । क्वारेन्टाइनमा बसेका आफ्ना नागरिकको समस्याको बारेमा प्रत्यक्ष रुपमा जानकारी लिन्छन् । विशेषगरी स्वास्थ्य अवस्थाको बारे चासो राख्छन् । क्वारेन्टाइनमा खटेका चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकलाई क्वारेन्टाइनमा बसेका नागरिकको सेवा–सुविधाका बारेमा कुनै कसुर नराख्न निर्देशन दिन्छन् ।

वालिङमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । कोरोनाभाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ । भारत लगायत नेपालका विभिन्न ठाउँहरुबाट आएका १०१ जना घर फर्किसकेका छन् भने १०० जना वालिङ नगरपालिकाले बनाएको क्वारेन्टाइनमा रहेका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…