कोभिड–१९ रोगबाट निको भएकाहरुलाई फूलको गुच्छा दिएर सम्मान एवं बिदाई (फोटो फिचर)

स्याङ्जा । आइतबार स्याङ्जामा चारजनाले कोरोनालाई जितेका छन् ।

जिल्ला अस्पताल स्याङ्जाको आइसोलेसन कक्षामा रहेका तीनजना पुरुष र कालिका सामुदायिक अस्पतालको आइसोलेसन कक्षामा रहेका एकजना महिलाले कोरोनाभाइरस (कोभिड–१९) लाई जितेर निको भई घर फर्केका छन् ।

घर फर्कनेहरुमा सबै वालिङ नगरपालिकाका हुन् । जसमध्ये वालिङ–७ का दुईजना पुरुष र १३ का एकजना पुरुष र एकजना महिला रहेकी छन् ।

वालिङ नगरपालिकाका नगरप्रमुख दिलीपप्रताप खाँण, उप–प्रमुख कल्पना तिवारी, वडाहरु अध्यक्ष केदार काफ्ले, पोतप्रसाद लम्साल, रनध्वज गुरुङ, कमल सुवेदी, स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डे लगायतले उनीहरुलाई फूलको गुच्छा दिएर सम्मान एवं विदाई गरेका थिए ।

विदाई कार्यक्रममा नगर प्रमुख खाँणले उनीहरुलाई कम्तिमा १५ दिन अनिवार्य होम क्वारेन्टाइनमा आग्रह गरे । उनले भने, ‘तपाईहरुलाई समाजले हेर्ने दृष्टिकोण पक्कै फरक आउनेछ, तर उच्च मनोबलका साथ होम क्वारेन्टाइनमा बस्नुहोला ।’

स्याङ्जामा कोरोना संक्रमणबाट निको भएर घर फर्कनेहरुको संख्या ७ पुगेको छ । जसमध्ये वालिङका पाँच र गल्याङका दुई रहेका छन् ।

भर्खरै प्रकाशित

रोट्र्याक्ट क्लव अफ भरतपुर हाईटको पदस्थापना सम्पन्न , वर्ष २०२१-२२को…

रोट्रयाक्ट क्लब अफ भरतपुर हाईटले आफ्नो तेस्रो पदस्थापना समारोह भव्यताका साथ सम्पन्न गरेको छ। रोटरी क्लव अफ भरतपुरद्वारा स्पोन्सर गरिएको यस क्लव निस्वार्थ भावनाले समाजलाई…

आत्महत्या सम्बन्धी सचेतनामुलक कार्यमा रोट्र्याक्ट क्लब राजधानीको पहल।

आत्महत्या सम्बन्धि समाचार र खबर हालको आवस्थामा दिनकै जसो सुन्दै र देख्दै आइरहेको कुरामा हामी सबै जानकार नै छौं । यसै पनि संसारको बढी मृत्यु…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा खाद्यान्न वितरण तथा स्वस्थ्य शिबिर कार्यक्रम…

रोट्याक्ट क्लव अफ लेखनाथद्वारा मिति २०७८ भाद्र २३ गते बुधबारको दिन तीजको अवसरमा पोखरा -२७ स्थित श्री कृष्ण प्रणामि मन्दिर तथा वृद्धश्राम खाद्यान्न वितरण तथा…

नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि…

नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनमा पोखराका सामाजिक अभियन्ता सुबास सिग्देलले नेपाली कांग्रस कास्की क्षेत्र नं. २, प्रदेश ख का लागि सभापति पदको लागि उमेद्वारी…

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेल

लोकतान्त्रिक शैक्षिक परामर्श संघ लुम्बिनी प्रदेशमा दिनेश पौडेलको संयोजकत्वमा १८ तदर्थ समिति गठन भएको छ । नेपाली कांग्रेस निकट शैक्षिक परामर्श व्यवसायीहरुको भेलाले उक्त निर्णय…